अर्थ-वाणिज्य

उत्कृष्ट औधोगिक पुरस्कार केसीलाई दिने निर्णय




बुटवल ३५ माघ । उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७८ बाट रुपन्देहीमा बरिष्ट पत्रकार शेरबहादुर केसी पुरस्कृत हुने भएका छन् ।नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसंग सहकार्य गरी दुई दशकअघि यो पुरस्कार स्थापना गरेको हो । नेपाल पत्रकार महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार मूल्यांकन समितिले केसीलाई छनौट गरेकोमा अनुमोदन गर्ने निर्णय गरेको हो ।नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका केसी लुम्बिनी दैनिकका सम्पादक हुन् ।

महासंघले पूर्व अध्यक्ष एवं सल्लाहकार डा बालकृष्ण चापागाईको संयोजकत्वमा पत्रकार दामोदर खनाल र रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष बाबुराम बोहोरा सदस्य रहेको तीन सदस्यीय मूल्यांकन समिति गठन गरेको थियो ।यसैबीच नेपाल पत्रकार महासंघ रुपन्देहीको नेतृत्वमा गठित फ्रि मिडिया नेटवर्कमा पत्रकारिताको पछिल्लो अवस्थाका बारेमा बुधबार छलफल भएको छ । उक्त छलफलमा अन्यत्र भन्दा रुपन्देहीको पत्रकारिता जिम्मेवार र सन्तुलित रहेको निष्र्कष सहित नागरिकलाई सहि सूचना सम्पे्रषण गर्नुपर्नेमा जोड दिइएको छ ।कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले तुलानात्मक रुपमा रुपन्देहीको सञ्चारकर्मीहरु जिम्मेवार र सन्तुलित रहेको बताए ।

उनले पत्रकारिताले नै मानिसहरुको धारणा निर्माण गर्ने भएकाले अत्यन्तै जिम्मेवार र संवेदनशिल हुनुपर्ने बताए । उनले लुम्बिनीमा रामकथाको बिषयमा रुपन्देहीका पत्रकारहरुले साम्प्रदायिक हिंसा भडकन नदिन राम्रो भूमिका खेलेकोमा धन्यवद दिए ।कार्यक्रममा महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख सोमनाथ सुवेदी, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार डा बालकृष्ण चापागाई, सल्लाहकार दिनेश पाण्डे, बुटवल उपमहानगरपालिका वडा न ४ का वडाअध्यक्ष नरिश्वर पौडेल, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरे, नेपाल प्रेस यूनियन रुपन्देहीका सभापती रेखा भुसाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, लगायतले बोल्दै समाजलाई सही दिशामा हिडाउने गरि सूचना सम्प्रेषण गर्नुपर्ने बताए ।

प्रकाशित : २६ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६