अर्थ-वाणिज्य

महोत्सवमा दर्शकले घोगी र खरीया स्वाद मन पराए

महोत्सव परिसरमै थारु परिकारको चिटिक्कको घर




पार्वती पाण्डे
कपिलवस्तु २७ माघ। झण्डै उमेरले ७ दशक काटेका कपिलवस्तुको शिवानगरका मानवहादुर क्षेत्रिलाई घोगी अनि घोगीको मासुले निकै लोभ्यायो । १३ औं कपिलवस्तु महोत्सव हेर्न आएका उनी थारु परिकारमा रमाइन । अहिले सम्म खसि र माछाको मासु वाहेक अरु खाएको थिइन , घोगी र खरीयाले आफुलाई मोहनी नै लगाएको उनले वताए । जति खायो उति नै मिठो लाग्ने गरेको उनको भनाई छ ।घोंगीको मासु खानाले तागत पनि आउने भन्ने सुनेको थिए ,त्यसैले पेटभरि खाए , उनले सुनाए । त्यस्तै महोत्सवमा मेला हेर्न आएकि रुपन्देहिकि मनकला सुवेदीलाई पनि थारु परिकारले लोभ्यायो । घोगी र अनि टिमुर , टमाटरको चटनी खांदा निकै मिठो लागेको उनले वताइन ।

उनी अगाडि भन्छीन – यस्ता प्रकारका मासुले शरीर तन्दुरुस्त पार्ने भएकोले आफुले खोजी खोजी महोत्सवको थारु परिकारमा आएर मासुको स्वाद लिए । महोत्सव स्थलमा चिटिक्कको थारु परिकारको सानो घर बनाएर सबै परिकारहरुलाई ताजा पकाएर दर्शकहरुलाई खाने व्यवस्था गरिएको छ । “सक्षम व्यवसायी , समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र ” १३ औ कपिलवस्तु महोत्सव एवं कृषि , पर्यटन तथा औद्योगिक प्रदर्शनी भन्ने मुल नाराका साथ ४ नंम्बर जितपुरमा रंगशालामा शुरु भएको कपिलवस्तु महोत्स वमा जनचेतना महिला समुह बोर्ड गाउँ कपिलवस्तुका थारु महिलाहरुले थारु परिकार वनाएका थिए ।
थारु महिलाहरुले घोंगी , माछा , ढेकरी , वरिया , खरीया , गोझीया ,खुर्मा ,अनदीको भुजा लगायतका विभिन्न परिकारहरु वनाएर महोत्सवमा राखेका थिए । थारु परिकार थारुले मात्र नभई व्राहमण , क्षेत्री , परियार , थापा , सवै जातजातिले मिठो मानेर खाएक समुहका अध्यक्ष शान्ता थारुले वताइन । महोत्सवमा सवैले जाती मानेर थारुको परिकार खाए हामीलाई त पुराउनै हम्मे , हम्मे भयो ,अध्यक्ष थारुले हांस्दै भनिन । आफुहरुले वनाएको थारु विशेष परिकारमा आम्दानी पनि राम्रै भएको सुरीना थारुले वताइन । थारु महिलाहरु मिलेर विशेष परिकारमा लागि परेको वताउंदै सरस्वती थारुले आएको आम्दानी समुहमा वचत गरि महिला हरुलाई ऋण सापटी अथवा महिलाहरुको समस्याको काममा लगाउने योजना रहेको प्रष्ट्याइन ।
घोघी , माछा , लगायतका परिकारहरु स्वादिलो हुने र शरिरलाई पनि फाइदा हुने भएकोले महोत्सव हेर्न आउने वालवालिका देखि वृद्ध सम्मले खाने गरेको थारु महिलाहरुको भनाई छ । थारु परिकारहरु आफुहरुको संस्कृतिको जर्गेना गर्न र महोत्सवमा मिठा परिकारहरुले सर्वसाधारण देखि सवैलाई चखाउन थारु परिकार राखेको उनीहरुले वताए । यस किसिमका थारु परिकार हरुले आफनो संस्कृतिको पहिचान झल्काउने महोत्सवका थारु सांस्कृतिक व्यवस्थापक संयोजक लक्ष्मी थारुले बताइन । गत माघ १७ गते देखि शुरु भएको महोत्सव माघ २९ गते सम्म चल्ने छ ।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६