खोज–अनुसन्धान

अनेरास्ववियूमा नेतृत्व चयनको मनोनयन आज : अध्यक्षमा ४ र महासचिवमा ६ जनाको दावि




कपिलवस्तु ३ फागुन । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको मंगलबारबाट सुरु २३ औं महाधिवेशनमा ४ विद्यार्थी नेताले अध्यक्षमा दाबी गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले ड्रोन उडाएर उद्घाटन गरेको महाधिवेशनमा महासचिव मा ६ र सचिवमा २० जनाको दाबी छ । त्यसैगरी, ५ उपाध्यक्षमा १५ जना आकांक्षी छन् । सचिवमा कपिलवस्तुका टुकलाल गैरेले उम्मेदवारी दिने तयारी गरेका छन् ।देशभरका क्याम्पस तथा भूगोल कमिटी बाट छानिएर आएका १ हजार ५ सय ८८ प्रतिनिधि ले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन् ।अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विक को दाबी छ । लामिछाने वरिष्ठ उपाध्यक्ष तथा निरौला र विक उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन् ।

मुख्य प्रतिस्पर्धा लामिछाने र बडालबीच हुने देखिएको छ । उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, श्याम प्रजापति ,मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ । ३ महिला, १ समावेशी र ६ खुला सचिव गरी १० सचिव छनोट हुनेछन् । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।
५ सय ३५ सदस्यीय आयोजक कमिटी छ । नयाँ कमिटी १ सय ९९ सदस्यीय मात्रै हुने भएकाले नेतृत्व छनोटका लागि चुनाव हुने देखिन्छ,’ जनसंगठन समन्वय संयन्त्र सहसंयोजक रचना खड्काले भनिन्, ‘हामीले प्यानल बनाएर लड्न नदिने र व्यक्तिगत प्रतिस्पर्धालाई जोड दिने नीति लिएका छौं ।’ उनका अनुसार सकेसम्म नियमित रूपमा अध्ययन गरिरहेका विद्यार्थीलाई नेतृत्वमा ल्याउने नीति छ । ‘पार्टी र नेताका तर्फबाट कसैलाई पनि उम्मेदवार बनाउँदैनौं,’ उनले भनिन्, ‘लामो समय महाधिवेशन नहुँदा धेरै अखिलमै रहनुभयो, यो जामलाई महाधिवेशनले ढोका खोलिदिन्छ ।

’ उनका अनुसार पहिले नै विधान महाधिवेशनबाट नीति तथा विधान पारित गरेका कारण नेतृत्व छनोटका लागि बुधबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुन्छ । नयाँ नेतृत्व छनोट गरेर बिहीबारसम्म महाधिवेशन टुंग्याउने पूर्वनिर्धारित कार्यक्रम छ । तर, यसअघिका महाधिवेशनमा नेतृत्व छनोटको परिणाम आउन एक साताभन्दा बढी लाग्ने गरेको छ ।मंगलबार साँझबाट प्रज्ञा प्रतिष्ठानमा बन्द सत्र पनि सुरु भएको छ । बन्द सत्रले आयोजक कमिटी भंग गर्दै एमाले स्थायी समितिका सदस्य भानुभक्त ढकाल अध्यक्ष रहेको ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ ।

जसमा खिमलाल भट्टराई, विनोद ढकाल, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, रचना खड्का, ऐन महर, सुनिता बराल रहेका छन् ।अखिलको २२ औं महाधिवेशनमा २०७२ सालमा भएको थियो । सो महाधिवेशनले नवीना लामालाई निर्वाचित गरे पनि २०७४ सालमा सांसद भएपछि पद छाडेकी थिइन् । त्यसबीच ऐन महर र सुनिता बराल अध्यक्ष बने । यसअघि २–२ वर्षमा महाधिवेशन भएर नयाँ नेतृत्व छनोट हुने गरेको थियो ।

प्रकाशित : ३ फाल्गुन २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६