अर्थ-वाणिज्य

भण्डारीलाल बने लुम्विनीका कृषिमन्त्री




कपिलवस्तु ७ फागुन । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले जसपा संसदीय दलका नेता भण्डारीलाल अहिरलाई कृषि तथा भूमि सुधार मन्त्रीमा नियुक्त गरेका छन् ।जसपालाई मनाउन सरकारको नेतृत्व गरेको नेकपा एमालेले एक साताअघि मन्त्री बनेका कृषिमन्त्री तुल्सीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा लगेर जसपाका अहिरलाई मन्त्री बनाइएको हो ।मुख्यमन्त्री लीला गिरीले जसपालाई सरकारमा सहभागी गराउने गरी मन्त्री हेरफेर गर्ने निर्णयसँगै प्रदेश प्रमुख शेरचनले अहिरलाई नियुक्त गरेका हुन् ।सोमबार बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा उनको शपथको तयारी भएको छ ।यसैगरी एकसाताअघि कृषि मन्त्री बनाइएका एमालेका लुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमा राखिने भएको छ ।

प्रकाशित : ८ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६