खोज–अनुसन्धान

आउने निर्वाचनमा एमाले एक्लैले ५१ प्रतिशत ल्याउछ :अध्यक्ष शर्मा

ग्रास रुट अभियान : मधेसमा उत्साह



पार्वती पाण्डे
कपिलवस्तु १८ फागुन । नेकपा एमालेको २ महिने मिसन ग्रास रुट अभियानले गाउँ गाउँ तातेको छ । यसैक्रममा पार्टी सुदृढीकरण र विस्तारका लागि वुधवार कपिलवस्तुका गाउँ वस्तीमा अभिमुखीकरण कार्यक्रम भएका छन् ।यसै विच वाणगंगाको वडा नं ४ को कार्यक्रममा बोल्दै एमालेका जिल्ला अध्यक्ष डम्मर शर्माले एमाले सत्तामा हुदा कामबाट अब्बल बन्ने र प्रतिपक्षमा हुदा जनताको पक्षमा दबाब सिर्जना गरेर फेरि पनि अब्बल बन्ने बताउनु भयो । अध्यक्ष शर्माले मिशन ग्रासरुटले अव हुने निर्वाचनमा एमाले एक्लैले ५१ प्रति जित्ने अभियानको एक अंश भएको स्पष्ट पार्नु भयो । अध्यक्ष शर्माले ग्रास रुट अभियानमा तल्लो तह सम्म पार्टीका निति तथा कार्यक्रम लिएर जाने बताउनु भयो ।

तल्लो स्तर सम्मका नेता कार्यकर्ताका कुरा सुन्ने , सामिप्यता बढाउने , समस्या समाधान गर्ने , नेतृत्व पहिचान गर्ने उद्देश्य अभियानले लिएको छ , नेता शर्माले भन्नु भयो । कार्यक्रममा बोल्दै पार्टी प्रचार तथा प्रकाशन विभागका उप प्रमुख पार्वती पाण्डेले देशमा अस्थिर सरकारका कारण आम जनताले दुःख पाएको बताउनु भयो । वडा अध्यक्ष देवी पाण्डेले ग्रास रुट अभियानको योजना र जिम्मेवारीका बारेमा प्रस्तुत गर्नु भएको थियो । अभियानलाई टोल टोल बस्ती बस्तीमा पुर्याउने र जनताका समस्या वुझ्ने योजना कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो । वडा उपाध्यक्ष कृष्ण शाहिको सहजिकरणमा भएको कार्यक्रममा विभागका कविराज भुषाल , नगर उपसचिव चेतनारायण भण्डारी , वडा सदस्य दामोदर पौडेल लगायतले समसामयिक विषयमा बोल्नु भएको थियो ।
यस्तै वडा नं ५ मा पनि कार्यक्रम गरिएको छ । वडा अध्यक्ष खडानन्द गौतमको अध्यक्षता , पदम भट्राईको स्वागत र मधु पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्यहरु युवराज पोख्रेल , शिवकुमारी थारु , भोजराज खनालले समसामयिक विषयमा बोल्नु भएको थियो । कार्यक्रममा टोलको जिम्मेवार प्रदान गर्दै अभियानलाई आम जनताको घरदैलोमा पुर्याउने निर्ण गरिएको छ । त्यस्तै वडा नं ७ मा पनि अभियान अन्तरगत कार्यक्रमा गरिएको छ । वाणगंगा नगरमा जिम्मेवारी अनुसार सक्रियतापुर्वक ग्रास रुट अभियान तिब्र पारिएको नगर अध्यक्ष पोख्रलले बताउनु भयो । पार्टी उपाध्यक्ष विश्राम थारुले ग्रास रुट कार्यक्रमले जिल्लाभर जनतामा दुःख पोख्ने र खुशी लिने उत्साह पैदा गर्ने बताउनु भयो ।समृद्ध नेपाल , सुखी नेपाली एमालेको परिकल्पनालाई साकार पार्न ग्रास रुट अभियान बलियो माध्यम बन्ने जिल्ला नेता भेषराज पाण्डेले जानकारी दिनु भयो।
नेकपा एमालेको २ महिने मिसन ग्रास रुट अभियानले गाउँ गाउँ तातेको छ । यसैक्रममा पार्टी सुदृढीकरण र विस्तारका लागि अभियान वुधवार शुद्धोधनको वडा नं १ को कार्यक्रममा बोल्दै एमालेका प्रदेश कमिटि सदस्य द्रोण सुबेदीले मुलुक बनाउने जिम्मेवारी एमालेको भएको बताउनु भयो । नेता सुबेदीले मिशन ग्रासरुटले अव हुने निर्वाचनमा एमाले एक्लैले ५१ प्रति जित्ने अभियानको एक अंश भएको स्पष्ट पार्नु भयो । कार्यक्रममा बोल्दै पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्ष्मण बेल्बासेले देशमा अस्थिर सरकारका कारण आम जनताले दुःख पाएको बताउनु भयो । वडा अध्यक्ष ठाकर प्रसाद ढकालको अध्यक्षता , हर्कनारायण चौधरकिो स्वागत र त्रिचोचन भुषालको सञ्चालनमा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष नुरुलहक सेक , जिल्ला कमिटि सदस्यहरु शंकर थारु , मधु बेल्बासे लगायतले समसामयिक विषयवस्तुमा बोल्नु भएको थियो ।

कार्यक्रममा उत्साहजनक उपस्थिती रहेको थियो । यस्तै गरि यशोधराको वडा नं ४ र १ मा पनि अभियान उत्साहपुर्वक गरिएको छ । कार्यक्रममा प्रदेश कमिटि सदस्य मधुसुदन शरण चौधरी , जिल्ला नेता भेषराज पाण्डे कैलाश अग्रहरी ,सुरज गुप्ता ,शिववाल पोखरेल ,पालिका अध्यक्ष हरम सरिफ सचिव राजेन्द्र मौर्य लगायतले सम्बोधन गर्नु भएको थियो । अभियानलाई टोल टोल बस्ती बस्तीमा पुर्याउने र जनताका समस्या वुझ्ने योजना कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६