कृषि

बाणगंगाले भान्साघर उपचार पद्धती सस्थागत गर्यो




सरिता थारु
कपिलवस्तु २६ फागुन । धेरै जसो उपचार भान्साघरवाटै हुने मेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । बाणगंगा नगर पालिका ३ मा भान्साघर क्लिनिक गृहणी लक्षित अभिमुखिकरण कार्यक्रममा यस्तो वताउनु भएको हो ।आयुर्वेद शाखाको आयोजनामा एवं बाणगंगा नगरपालिकाको सहयोगमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा वडा भित्रका गृहणी महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख अर्यालले भान्सा घरमै औषधिय गुण भएका जडिबुटिलाई पहिचान गरि प्रयोगमा ल्याउनुपर्ने कुरामा जोड दिनुभयो।
यस्तै प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुषालले घरमै पाईने मरमसलाको रुपमा प्रयोग हुने जडिबुटि दैनिक रुपमा मात्रा मिलाएर प्रयोग गरे मानिस स्वस्थहुने औल्याउनुभयो । अभिमुखिकरण जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कपिलबस्तुका प्रमुख नलिननाथ तिवारीले दैनिक भान्सामा प्रयोग हुने औषधीय गुण भएका मसलाहरुको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष टेकबहादुर झेडी मगरले वडा बासीको स्वास्थ्यमा वडा गम्भिर हरेको बताउनुभयो ।
उहाले वडामा स्वास्थ्य सम्बन्धी यसअघि पनि निशुल्क आंखा शिवर संचालन गरेको औल्याउनुभयो भने केही दिनमा महिलाहरुको पाठेघरको चेकजांच सम्बन्धी निशुल्क शिविर संचालन गर्ने समेत बताउनुभयो ।

यस्तै कार्यक्रममा मोतिपुर आयुर्वेद औषधलयको परिचय र त्यहाबाट पाईने सेवा सुविधाको बारेमा अनुपमा पराजुलीले जानकारी दिनुभएको थियो । कार्यक्रमको संचालन आयुर्वेद शाखा प्रमुख तेजबहादुर सोमैको संचालनमा सम्पन्न भएको हो । यस्तै सोही कार्यक्रम वडा नं. ५ मा पनि विहिबार सम्पन्न गरिएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६