खोज–अनुसन्धान

तीनबर्ष पछि कपिलवस्तु आउदा अमेरीकन सोफी किन भइन दुःखी ?




कपिलवस्तु १ चैत। तीनबर्ष पछि कपिलवस्तु आउदा नेपालको बन ब्यवस्थापनमा लगानी लगाउन प्रयासरत अमेरीकन नागरीक सोफी दुःखी भएकी छन् । ?यस बीचमा बनमा काठा कटान र विक्री वितरण रोकिएर काठ सढेको देख्दा उनी दुखी भएको वताइन । वाणगंगाका सामुदायिक वनहरुसँगको अन्तक्रियाका लागि अमेरिकाबाट आएकी कार्यक्रम प्रतिनिधि सोफीले आफू तीन वर्ष अघि आउँदा निकै उत्साहित रहेको बताउदै अहिले भने त्यो उत्साह नभएको प्रष्टाइन । तर उनले भनिन नेपालीहरु अन्य मुलुकका नागरिक भन्दा काममा बढी सक्रिय रहेको भेटटाए ।
कपिलवस्तुको बाणगंगामा अन्तराष्ट्रिय दातृ निकाय र सामुदायिक वनहरुका बिचमा भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै उनले यस्तो वताएकी हुन । सोमबार सामुदायिक वन उपोभोक्ता जिल्ला महासंघ (फेकोफन) को आयोजनामा बाणगंगा नगरपालिका वडा नम्बर ४ को शिव पार्वती सामुदायिक वनको सभाहलमा गैर काष्ठ उत्पादक समुह र सरोकारवाला बिच अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । फरेष्ट एण्ड फार्म फ्यासिलिटी कार्यक्रम अन्र्तगत उक्त अन्र्तक्रियत गरिएको जनाइएको छ ।
कार्यक्रममा फेकोफनका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईले कार्यक्रको उदेश्य माथी प्रकाश पारेका थिए ।

यस्तै कामर्यक्रममा मनकामना सामुदायिक वनका प्रतिनिधि पोष्टराज गौतम, शिव पार्वती सामुदायिक वनका अध्यक्ष यमलाल गिरी, जनजागृती सामुदायिक वन गोबडिहवाका अध्यक्ष हेमनाथ पौडेल, र मधुवन सामुदायिक वनका अध्यक्ष शान्त विक्रम पौडेलले वन क्षेत्रमा उत्पादन हुने जडीबुटी सदुपयोग र बजारीकरण गर्नुपर्ने बताए । कार्यक्रममा फेकोफनका केन्द्रिय सचिव ठाकुर भण्डारीले समुदायमा विपन्न अवस्थाबाट पछाडि परेका नागरिकहरुको जिवनस्तर उकास्नका लागि यो कार्यक्रम प्रभावकारी रहेको बताए । कार्यक्रममा बाणगंगाका विभिन्न सामुदायिक वनका पदाधिकारी तथा सरोकारवालाह सहित संचारकर्मीहरुको समेत उपस्थिति रहेको थियो

प्रकाशित : १ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६