खोज–अनुसन्धान

गुल्मीमा भेटियो अचम्मको नयाँ नागेश्वर गुफा




गुल्मी १ चैत । गुल्मीको हाडहाडेमा गुफा भेटिएको छ । जिल्लाको धुर्कोट गाउँपालिका–३, हाडहाडेको बर्दबास धाराखोलामा नयाँ गुफा भेटिएको वडाध्यक्ष पदम विष्टले जानकारी दिनुभयो । पचभैयामा ट्रि–हाउस बनाउनका लागि पर्यटन सम्भावनाका विषयमा छलफल हुँदै गर्दा तलपट्टि एउटा प्वाल भएको जानकारी पाएको विष्टले बताउनुभयो । जानकारी पाएलगत्तै स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा स्थानीयहरु प्वालभित्र जाँदा गुफा भेटिएको हो । गुफाको चौडाइ र उचाइ पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ ।
त्यस गुफामा शिव लिङ्ग, गाईका थुन, मूर्ति, मानिसको आकार, रगत धारा, सातमुखे नागका आकार, महिलाले बच्चा लिएर बसेको आकृति, नाग, खेतबारीलगायतका विभिन्न आकर्षक आकृत्तिहरु रहेका छन् । त्यहाँ मान्छे लुक्न मिल्ने जत्तिकै प्वाल भेटिए पनि त्यसलाई साराको दुलो भन्दै सो प्वालमा दुम्सी जाने डरले स्थानीयले ढुङ्गाले छेकेर राखेका थिए ।अहिले स्थानीयले गुफालाई ‘धनिश्वर मनोरम नागेश्वर गुफा’ भनी नामकरण गरेका छन् । गुफालाई संरक्षण गर्नको लागि रामप्रसाद कुँवरको अध्यक्षतामा १३ सदस्यीय संरक्षण समिति, प्रेम नेपालीको संयोजकत्वमा प्रचार–प्रसार समिति र जुद्धबहादुर खत्रीको संयोजकत्वमा सल्लाहकार समिति गठन गरिएको छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे