अर्थ-वाणिज्य

सियारीको चमत्कार : यसरी सकियो ९५ प्रतिशत योजना




भैरहवा ३ चैत्र।रुपन्देहीको सियारी गाउँपालिकाले ९५ प्रतिशत योजनाको सम्झौता गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित गरेका योजना मध्ये ९५ प्र्रतिशत योजनाको सम्झौता गरी कामको शुरुवाँत गरिसकेको जनाएको छ । सम्झौता भएका १७८ योजना मध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिए । सियारीले सडक, नाली, कल्भट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माण लगाएतका पुर्वाधार निर्माणका काम तिव्र रुपमा अगाडि बढेको योजना शाखा प्रमुख पुरीले जानकारी दिए ।
उनले असार मसान्त भित्रै योजनाको निर्माण कार्य सम्पन्न गर्ने गरी काम भईरहेको उल्लेख गर्दै सम्पन्न भएका योजनाको भुत्तानी दिने काम पनि भईरहेको जानकारी दिए । गाउँपालिकाले पालिका भित्र शुरु भएका बिकास निर्माणका कामको अनुगमनलाई पनि तिव्रता दिएको छ । पालिकाले बिभिन्न उपभोक्ता समुह तथा ठेक्का सम्झौता मार्फत निर्माण वयवसायिले शुरु गरेका बिकास निर्माणका कामको गुणस्तर तथा कामको प्रगतीबारे बुझ्नका लागि अनुगमनलाई तिव्रता दिईएको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले जानकारी दिईन ।उनले गाउँपालिकाले शुरु गरेको योजनाको भुत्तानी गर्नु पुर्व सबै योजनाको अनुगमन गर्ने गरिएको बताउदै समयमै काम नगर्ने तथा गुणस्तरहिन काम गर्ने उपभोत्ता समिति तथा निर्माण व्यवसायिको कुनै पनि रकम भुक्तानी नहुने बताईन ।

प्रकाशित : ३ चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६