खोज–अनुसन्धान

आफ्नै घरमा जलेर मृत अबस्थामा भेटिईन पार्वती




दाङ ४ चैत । पश्चिम दाङमा आफ्नै घरमा जलेको अवस्थामा एक महिला मृत फेला परेकी छिन् ।पश्चिम दाङको दंगीशरण गाउँपालिका वडा नं। ५ निवासी ४० वर्षीया पार्वती घर्ती आफ्नै घरमा जलेको अवस्थामा शुक्रबार बिहान ८ बजे मृत फेला परेको प्रहरीले बताएको छ । घरमा एक्लै बस्दै आएकी घर्ती आज बिहान अबेरसम्म नउठेपछि छिमेकी र घर्तीका साईलो बुवा बालाराम घर्तिले उक्त घरको झ्यालबाट हेर्दा बिस्तरामा जलेको अवस्थामा देखेपछि प्रहरीलाई खवर गरेका थिए ।
खवर पाउँना साथ अस्थाई प्रहरी पोष्ट बालापुरका प्रहरी निरिक्षक दिनेश बुढाको कमाण्डमा ३ जनाको टोली खटिएको थियो । घर्तीसंगै घरमा भएका लत्ता कपडा र खाट पनि जलेको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए । मृतक घर्तीको श्रीमान नभएको र ३ जना छोराहरु कामको शिलशिलामा काठमाण्डौ रहेको केसीले बताए ।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६