खोज–अनुसन्धान

अर्घाखाँचीको पाणिनी क्याम्पसमा तालाबन्दी हुदा स्ववियु निर्वाचन अनिश्चित




अर्घाखाँची ४ चैत । सन्धीखर्कको पाणिनी बहुमुखी क्याम्पसमा सञ्चालक समिति नेतृत्वविहीन हुँदा उत्पन्न विवादका कारण नेविसंघसहितका संयुक्त विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । पाणिनी बहुमुखी क्याम्पस चार वर्षदेखि सञ्चालक समितिविहीन हुँदा स्ववियु निर्वाचन पनि अनिश्चित बनेको छ । यसअघि जिल्लाका दलहरूले सहमतिका आधारमा स्ववियुमा पद भागबण्डा गरिए पनि सञ्चालक समिति नै नहुँदा क्याम्पसमा तालाबन्दी गरिएको नेविसंघका प्रतिनिधि विशाल आचार्यले बताए । सञ्चालक समितिको कार्यकाल सकिएको चार वर्षसम्म पनि दलका प्रतिनिधिहरूबीच कुरा नमिल्दा सञ्चालक समिति गठन हुन सकेको छैन ।
नेविसंघका प्रतिनिधि विशाल आचार्य, अनेरास्ववियुका प्रतिनिधि विक्रम नेपाली, अखिल (क्रान्तिकारी)का अध्यक्ष सुदिप खनाल, अनेरास्ववियूका प्रतिनिधि नवीन विक, अखिल (छैठौं)का जिल्ला अध्यक्ष जीवन नेपाली, बहुमत नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष पदम नेपाली, नेत्रविक्रम चन्द नेतृत्वको अखिल (क्रान्तिकारी)का अध्यक्ष हरी सी लगायत विद्यार्थी नेताले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६