अर्थ-वाणिज्य

फार्मासिस्ट र औषधी ब्यावसायी एउटै होइनन् : अध्यक्ष खनाल




सरिता थारु,
कपिलवस्तु ४ चैत । नेपाल फार्मेसी संघका केन्द्रिय अध्यक्ष अमृत खनालले विरामीको रक्षा गर्नु नै सबै फार्मासिस्टहरुको दायित्व भएको बताउनु भएको छ । उहाले आफुहरुको पहिलो प्राथमिकता नै विरामीको सेवा गर्नु रहेको बताउदै फार्मासिष्टहरुले विरामीको सेवासंगै औषधी विक्रि गर्ने गरेको उल्लेख गर्नुभयो । साथै उहाले आफुहरुले सेवा संगै औषधी विक्री गरिरहेकाले पनि औषधी व्यवसायीसंग दांज्न नहुनेमा जोड दिनुभयो । शनिबार बाणगंगामा सम्पन्न भएको नेपाल फार्मेसी संघ कपिलबस्तु जिल्लाको प्रथम भेलालाई प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै उहाले यस्तो बताउनभएको हो ।
यस्तै कार्यक्रममा औषधी व्यवसायि सघं कपिलबस्तुका अध्यक्ष डाक्टर धर्मराज भट्टराई, नेपाल आयुर्वेद व्यवसायि सघं कपिलबस्तुका अध्यक्ष गोपाल बन्जाडेले साझा मुद्धाको सवालमा भने औषधी व्यवसायि संघ र फार्मेसी संघ एकैसाथ मिलेर राज्य सत्तालाई दबाब सृजर्ना गर्नुपर्नेमा जोड दिनुभयो । यता कपिलबस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले समय समयमा हुने अनुगमनका क्रममा कतिपय मेडिकल तथा फार्मेसीहरु दर्ता विना संचालन भएको पाइएकाले दर्ता गर्न एव समयमा नविकरण गर्न आग्रह गर्नुभयो । साथै उहाले राज्यमा देखिएको आर्थिक समस्यालाई समाधान गर्न एवं बैंकको व्याजदर एक अंकमा ल्याउन माग गर्दै राज्यले व्यवसाय संचालनका लागि सहज वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष किरण ढकालले पेशागत हकहितका लागि संघले गरिरहेका काम, संघको औचित्य, रणनिति लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो । संघका प्रदेश अध्यक्ष गोविन्द तिवारीको सभापतित्वमा सम्पन्न भएको भेला प्रदेश महासचिव सुभेन्द्र प्रसाद यादव र जिल्ला सदस्य अम्बिका के.सीको संचालन गर्नुभएको थियो । जिल्लामा रहेका फर्मासिस्ट, सहायक फर्मासिस्टहरुलाई संगठित गर्न भेला आयोजना गरिएको संघले जनाएको छ । फार्मेसी पेशा मर्यादित बनाउन निति नियमका बारेमा समेत भेलामा छलफल गरिएको थियो ।
यसैविच जहां औषधी त्यहा फार्मासिष्ट भन्ने मुल नाराका साथ सम्पन्न प्रथम भेलाले रमेश शर्माको अध्यक्षतामा १५ सदस्यीय नेपाल फार्मेसी सघं कपिलबस्तु जिल्ला कमिटी निर्वाचित भएको छ । जसका उपाध्यक्षमा निरज के.सी, सुनिल द्धवेदी, महासचिवमा डा. विक्रम घिमिरे, सचिवमा विमला जि.सी रहनुभएको छ । यस्तै सदस्यहरुमा बाबुराम अधिकारी, अम्बिका के.सी., इस्तीकर अमजद खान, सरितय पौडेल, शंकर मरासिनी, नवराज गैरे, विष्णु थापा, पुजा थारु र रजनिश पाण्डे रहनु भएको छ ।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६