कृषि

३ किमी सडक फराकिलो पार्न छ वर्ष : सडक अस्तब्यस्त हुँदा व्यवसायी विस्थापित




बुटवल ४ चैत । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको तीन दशमलव पाँच किलोमिटर सडक विस्तारको काम थालिएको छ वर्ष भयो । राजमार्ग विस्तारका लागि आसपासका घर भत्काइयो तर सडक विस्तारको काममा खासै उपलब्धि भएन । सडक विस्तारका लागि घर भत्काउन थालेपछि बुटवलको मुख्य व्यावसायिक केन्द्र ट्राफिक चोकमा ‘फेन्सी’ पसल गर्दै आएका वासुदेव बस्याल पसल बन्द गरेर विस्थापित भए । समयमै सडक विस्तारको काम सकिन्छ र फेरि सोही ठाउँमा व्यवसाय सुरु गर्ने सोच राखेका बस्यालले चाँडै सडकको काम सकिने अवस्था देखेका छैनन् । यद्यपि अन्यत्र ठाउँमा तत्कालै व्यवसाय सुरु गर्ने अवस्था पनि नरहेको उनी बताउँछन्।
बुटवलकै अर्को महत्वपूर्ण व्यापारिक केन्द्र राजमार्ग चौराहामा व्यापार गर्ने सुजन श्रेष्ठ पनि सडक विस्तारको कामले गति लिनेमा विश्वस्त छैनन् । आफूहरुको व्यवसायी प्रतिष्ठान अगाडि सडक नाली निर्माणको काम अलपत्र अवस्थामा छोडिएको लामो समयम भयो तर यसलाई पूरा गर्नेतर्फ निर्माण कम्पनीले चासो नदिँदा दैनिक व्यापारमा समस्या परेको उनको गुनासो छ । उनले पनि व्यवसायीलाई बैंकको चर्को ब्याजदर, चर्को घर भाडा र सडक विस्तारको कामले व्यवसायमा अवरोधजस्ता कारणले कैयन व्यवसायी विस्थापित भएको र यो अवस्थामा बढ्दै गएको बताउँछन्।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६