ब्रेकिंग न्युज

अकोराव लुम्बिनीको साधरण सभा सम्पन्नः ५ बुदे घोषणा पत्र जारी



कपिलवस्तु, ०४ चैत्र ।

सामुदायिक रेडियो प्रसारक संघ लुम्बिनी प्रदेशको ५ औ वार्षिक साधरण सभा तथा प्रदेश भेला सम्पन्न भएको छ । कपिलवस्तुको शिवराज नगरपालीका वडा २ चन्द्रौटामा आयोजना भएको सधारण सभाले ५ वुदे प्रदेश घोषणा पत्र जारी गरेको छ ।

अकोराव लुम्विनी प्रदेशको साधरण सभालाई उद्घाटन गर्दै लुम्विनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवले सामुदायिक रेडियोको दिगो विकासका लागी प्रदेश सरकारले निति निर्माण गर्ने वताउनुभएको छ ।
ग्रामीण क्षेत्रका जनताको पहुंच नै रेडियो भएकाले रेडियो संरक्षणको लागी प्रदेश सरकार सकारात्मक रहेको वताउनुभयो । उहांले सरकार र जनतालाई जोड्ने माध्यम संचार भएकाले सहकार्य गर्न ईच्छुक रहेको वताउनु भयो ।

सामुदायिक रेडियो प्रसारक संघ अकोराव केन्द्रीय अध्यक्ष अर्जुन गीरीले सामुदायिक रेडियोहरुको समस्यामा सरकार संग पटक पटक वर्ता गरिरहेको वताउनुभयो । उहांले सरकारले स्पष्ट निति वनाएर सामुदायिक रेडियोलाई अगाडी वढाउनुपर्ने वताउनु्भयो ।
शिवराज नगरपालिका नगरप्रमुख अजय थापाले सामुदायिक रेडियोहरुको विकास र संचालनको लागी स्थानीय सरकारले वजेट निर्माण गर्ने वताउनुभयो । उहांले स्थानीय नागरीकको आवाज वोल्न सामुदायिक रेडियोहरुलाई सुझाव व्यतm गर्नुभयो ।


लुम्विनी प्रदेशका ७० ओटा सामुदायिक रेडियोका प्रतिनिधिहरुको उपस्थीतीमा सम्पन्न भएको सधारण सभामा प्रदेश अध्यक्ष राजु खरालले वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्दै लुम्विनीमा सामुदायिक रेडियोहरु समस्यामा रहेको वताउनुभयो । उहांले देशमा उत्पन्न आर्थिक तरलताको कारण रेडियोहरु समेत वन्द हुने अवश्थामा रहेको वताउनु भयो । स्थानीय र प्रदेश सरकारले निति निर्माण गरी सामुदायिक रेडियोको संरक्षण गर्नुपर्ने वताउनुभएको हो ।

उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य जमसेर अली मिया , व्यापार संघका केन्द्रीय सदस्य महादेव पोख्रेल , चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डे पत्रकार महासंघ कपिलवस्तु सभापति किरणमान व्रर्जाचार्य, ब्रोडकाष्टीङ्ग एसोसिएसन अफ नेपाल(वान)का केन्द्रीय सदस्य पिताम्बर घिमिरे (हरि) लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।


कार्यक्रमको अवसरमा सामुदायिक रेडियो प्रसारक संघका पुर्व अध्यक्ष मोहन चापागाई , प्रदेशका संस्थापक अध्यक्ष केपी घिमिरे र पुर्व उपाध्यक्ष तुल्सीराम यादवलाई सम्मान गरिएको छ । कार्यक्रम प्रदेश सचिव वालकृष्ण पाण्डेको संचालन र प्रदेश सदस्य सरद अधिकारीको स्वागतमा सम्पन्न भएको छ ।

प्रकाशित : ४ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६