अर्थ-वाणिज्य

आज स्ववियू निर्वाचन,विहान ८ देखि ४ सम्म मतदान : कपिलवस्तुको एक क्याम्पसमा रोकियो




कपिलवस्तु ५ फागुन । आज स्ववियू निर्वाचन हुदैछ । विहान ८ देखि अपरान्ह ४ सम्म मतदान हुने छ । कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पस लौगाईमा गठबनधनमा आवद्ध विद्यार्थीहरुको तालाबन्दी नखुल्दा चुनाव रोकिएको छ भने अरु प्राय क्याम्पसमा आज चुनाव हुदैछ । जिल्लाको सबै भन्दा ठूलो क्याम्पस शिद्धार्थ बहुमुखीमा अनेरास्वबियू , नेविसंघ र अखिल क्रान्तिकारी घटक बीच त्रिपक्षीय चुनावको उम्मेदवारी कायमै छ । यो क्याम्पसमा अनेरास्ववियूवाट अंजित खनालको नेतृत्वमा ,नेविसंघवाट निलकमल चौधरीको नेतृत्वमा र क्रान्तिकारीवाट बिज्ञान राउतको नेतृत्वमा चुनावी प्यानल बनेका छन् । यो क्याम्पसमा विगतमा अनेरास्विवियू वाहेकका सबै एकातिर हुदा पनि अनेरास्ववियूले अविछिन्न रुपम जित्दै आएको क्याम्पस हो । यसपाली पनि फराकिलो अन्तरले सिंगो प्यानलले चुनाव जित्ने सचिवका प्रतयासी पशुपति गिरीले दावि गरे ।
त्यसोत त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन देशभर नै हुँदैछ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ ।स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । प्रत्येक दुई(दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुन सकेको थिएन ।त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत अपिल गरेका छन् ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६