खोज–अनुसन्धान

काठमाडौका एकतिहाइ क्याम्पसमा चुनाव स्थगित ,४ मा सर्बसहमत




काठमाडौ ५ चैत । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन हुँदैछ।बिहान ८ बजेदेखि बेलुकी ४ बजेसम्म मतदानको कार्यतालिका रहेको छ। त्रिविअन्तर्गत काठमाडौंका ३१ क्याम्पसबाट विद्यार्थीले नेतृत्व चयन गर्नेछन्।जसमध्ये आज १६ क्याम्पसमा मात्रै निर्वाचन हुनेछ। ११ क्याम्पसमा निर्वाचन स्थगित भएकोमा ४ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भइसकेको छ।बौद्ध बहुमुखी क्याम्पस, कान्तिपुर कलेज थली, सहयोगी बहुमुखी महाविद्यालय गोकर्ण र कैलाशकुट कलेज जयवागेश्वरीमा स्ववियु सदस्य निर्विरोध निर्वाचित भएका छन्।नेपाल कमर्श क्याम्पस, कोटेश्वर बहुमुखी क्याम्पस र ग्रामिण आदर्श क्याम्पस मनमैजुमा तालाबन्दीका कारण अन्तिम समयमा निर्वाचन स्थगित भएको छ।७ क्याम्पसमा विभिन्न विवादका कारण मनोनयन नै दर्ता हुन पाएन। मनोनयन नै दर्ता नभएका पशुपति क्याम्पस चावहिल, आयुर्वेदिक क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस घण्टाघर, विश्वभाषा, आरआर र बालमिकी क्याम्पस प्रदर्शनीमार्गमा मनोनयन दर्ता भएको छैन।यस्तै बानेश्वर बहुमुखी क्याम्पसमा निर्वाचन स्थगित भएको छ।

प्रकाशित : ५ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६