खोज–अनुसन्धान

२४३ क्याम्पसको स्ववियु नतिजा : अनेरास्ववियु एक्लै १०६ र गठबन्धन सहितको नेविसंघ ७९ मा विजयी




कपिलवस्तु ६ चैत ।त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो । त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ । त्यस्तै अखिल क्रान्तिकारीले ४७ कलेजमा निर्वाचन जितेको छ । ती बाहेक ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूह लगायतले चुनाव जितेका छन् । तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ भने ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन ।
अनेरास्ववियूले ५ वटा कलेजमा निर्वाचन जितेको छ । त्यसतै विप्लव निकट विद्यार्थी संगठनले ४ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनहरूले १÷१ कलेजमा निर्वाचन जितेका छन् । निर्वाचन रोकिएका कलेजहरूमा चैत १२ गते अगावै निर्वाचन गराउन त्रिविले निर्देशन दिइसकेको छ । विशेषगरी रोकिएका आंगिक क्याम्पसहरूमा त्रिविले अनिवार्य रूपमा निर्वाचन गराउन भनेको हो । ति बाहेकका सम्बन्धन प्राप्त कलेजहरूमा पनि रोकिएको ठाउँमा निर्वाचन गराउन भनिएको छ ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६