अर्थ-वाणिज्य

समृद्धी उन्मुख नगरमा एक श्रमिक महिलाको बिचल्ली




कपिलवस्तु ७ चैत्र । समृद्धी उन्मुख भनिदै आएको नगर वाणगंगाको वडा नं ४ ठाकुरापुर निवासी अन्दाजी ७० वर्षिय पशुपति थारुको बिचल्ली भएको छ । हात खुट्टा चल्न नसक्ने राम्रो सँग बोल्न नसक्ने थारु महिलालाई हेर विचार गर्ने कोहि पनि नहुदा उनको विचल्ली भएको हो । सकुन्जेल काम गरेरै जिवन निर्वाह गर्दै आएकी थारु अहिले काम गर्न नसक्ने भए पछि समस्यामा पर्ने गरेकी हुन ।
उनी २ /३ महिना देखि झनै समस्यामा परेकी छन । शरीर चल्न नसक्ने भए पछि उनलाई निकै गाह्रो भएको छिमेकी बताउछन । उनलाई खाना खुवाउने हेरविचार गर्ने कोहि पनि छैन , जसका कारण उनी ठुलो समस्यामा पर्ने गरेकी छन , छिमेकी समाजसेवी एकल महिला रुपा राईले बताइन ।
वरपरछरछिमेकीले कहिले काही हेर्ने गरेका छौ , ति महिलाले निकै दुःख पाएकी छन , राईले भनिन । निजलाई हेर्ने कोहि नहुदा निज थारु महिलाको कष्टकर जीवन बितेको छ , उनले भनिन । उनको अवस्था हेर्दा जो कोहिलाई पनि पिडा बोध हुन्छ राइको भनाइछ । पिडित महिलाको बस्ने घर पनि केहि समय अगाडि तरुणदले बनाइदिएको थियो ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६