कृषि

जातिय तथा रंगभेद उन्मुलनका लागि २३ बुदे माग प्रस्तुत




कपिलवस्तु ७ चैत ।हरेक बर्ष २१ मार्चमा मनाईने अन्तरराष्ट्रिय जातिय तथा रंगभेद उन्मुलन दिवशको अवसर पारी जिल्लाका दलित अगुवाहरुले २३ बुदेँ माग प्रस्तुत गर्ने भएका छन । दिवसका अवसरमा तौलिहवामा राखिएको अन्तरक्रिया कार्यक्रममा तीनै तहका सरकारसंग सो माग प्रस्तुत गरिएको हो । दिवसका अवसरमा तौलिहवा र बुद्धभुमीको गोरुसिंगेमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । सोही कार्यक्रममा प्रदेश साँसद र पालिका प्रमुखलाई सो माग राखिएको हो । तौलिहवामा भएको कार्यक्रममा दलित अगुवा रामशरण रैदासले कार्यक्रम कार्यपत्र मार्फत मागहरु सुनाएका थिए । स्थानिय सरकार सञ्चालन ऐनको पुर्ण कार्यान्वयन, गाँउटोलमै पुगी योजना छनौट, लक्षित समुदायका लागी समानुपातिक बजेटको व्यवस्था, हिंसा र बिभेद मुक्त पालिका बनाउनु पर्ने माग गरिएको छ ।

बिपद कोषको स्थापना, मात्रृभाषा शिक्षा, लैगिंक संरक्षण कोष, पालिका प्रोफाईल तयारी र अध्यावधिक हुनु पर्ने माग गरिएका छन । जातिय बिभेद बिरुद्धको ऐनको पुर्ण कार्यान्वयन, छुवाछुत अन्त्यका लागी दलित नेतृत्वको हेल्प डेस्कको स्थापना, स्थानिय पाठ्यक्रममा यौनिक र लैगिंक अल्पसंख्यकको जानकारी, गरिब बिपन्न र मुस्लिम बालबालिकालाई पुर्ण छात्रबृत्ति र आवाशिय छात्राबास, मदरसालाई अन्य बिद्यालय सरहको सुबिधा तथा दलित शसक्तिकरण बिधेयक पास र कार्यान्वयनको माग गरिएको छ । सो अवसरमा २ अधिकारकर्मीै रबि ठाकुर र पुष्पा रेग्मीलाई सम्मानित गरिएको थियो ।
यस्तै लैगिंक तथा सामाजिक समावेशीकरणको निती बनाएका सुद्धोदन, मायादेबी र यशोधरा गाउपालिकालाई समेत प्रशंसा पत्र प्रदान गरिएको थियो । यस्तै दलित पत्रकार महासंघका जिल्ला अध्यक्ष शम्भु बिक लगायतलाई समेत सम्मानित गरिएको थियो । संबिधान सभाका सदस्य तथा बरिष्ठ दलित अगुवा कृष्ण पहाडीले सम्मान पत्र प्रदान गर्दै दलित अधिकार सुनिश्ति गर्न आवाजलाईए बुलन्द बनाउनु पर्ने बताए । सो अवसरमा प्रदेश सदस्य मधुसुनदशरण चौधरीले दलितहरु आफनो अधिकारकालागि एक जुट हुनु पर्ने बताए । उनले दलितहरुको सवालमा आफुले सशक्तढंगले काम गर्ने बताए । मिना परियारको अध्यक्षता, रबि ठाकुरको संचालनमा भएको कार्यक्रममा पुर्व सांसद शान्तिदेबी हरिजन, सुद्धोदन गाउपालिका अध्यक्ष कमलेशशरण चौधरी, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमा बज्राचार्य गैसस महासंघका अध्यक्ष प्रबीण श्रविास्तव, रुकैया खातुन, शम्बु बिक लगायतले मन्तब्य दिएका थिए ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६