खोज–अनुसन्धान

कपिलवस्तुमा सिरिन्जद्वारा निरन्तर लागुऔषध सेवनगर्ने ८८८




कपिलवस्तु ७ चैत।कपिलवस्तुमा दैनिक ८ सय ८८ जनाले सिरिन्जद्धारा लागु औषध लिने गरेका छन । कपिलवस्तुको तौलिहवा स्थित आस्था समुहले कपिलवस्तु अस्पतालमा राखेको सरोकारवला बिच समन्वयात्मक बैठकमा सो तथ्यांक प्रस्तुत गरिएको हो । आस्था समुह कपिलवस्तुका कार्यक्रम संयोजक प्रकाश घिमिरेले कपिलवस्तुमा सिरिन्जद्धारा लागु औषध लिने दुर्ब्यसनीको संख्या ८ सय ८८ रहेको बताए । ती सबै युवा युवती हुन ।
त्यस मध्ये ८ सय ८१ जना सपर्कमा रहे पनि ६ जना संस्थाको संपर्क बाहिर रहेका छन । जस मध्ये ४ जना एचआईभि संक्रमित छन । संस्था ती दुर्ब्यसनीसंग नियमित संपर्कमा रहेको र उनीहरुलाई ब्यवहार परिवर्तनकालागि प्रेरित गर्ने गरेको उनले बताए । असुरक्षितहरुमा एउटै सिरिन्ज धेरैले प्रयोग गर्दा एचआईभि संक्रमण सर्ने संभावना बढी हुने गरको उनी बताउछन । ‘ हामीले दुर्ब्यसनीलाई सकरभर छाडदा प्ररित गर्छौै नमाने आवश्यक्ता अनुसा सिरिन्ज समेत उपलब्ध गराउछौ ’ उनले भने । फेला परेका दुर्ब्यसनीहरुको एचआईभि टेस्ट समेत गराउने गरिएको छ । दुर्ब्यसनीहरु भारतीय बजारमा गएर सिरिन्ज मार्फत लागु औषध लिने गरकोले समस्या हुने गरको घिमिले बताए । कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले दुर्ब्यसनीहरको ब्यवहार परिवर्त गर्न जरुरी रहेको बताए ।
‘ यो दुर्ब्यसनीबाट बाहिर निकाल्न परिवार र समाजले समेत वातावरण दिनु पर्छ ’ उनले भने । दुर्ब्यसनीहरुलाई उचित परामर्श दिनु पर्ने उनले बताए । उता जिल्लामा जिल्लामा लागु पदार्थमा फस्ने दुर्ब्यसनी र कारोवारीको संख्या बढेका छन् । सहज उपलब्धता र बढी फाईदा हुने भए पछि त्यसको प्रयोकर्ता र कारोवारमा लाग्नेको संख्या बढदै गएको देखिन्छ ।ब्राउन सुगर, चरेश, गाँजा, स्पास्मो क्याप्सुल, नाईट्रोसन, कारेक्स, ईन्ट्रोसपम लगायतका लागु औषधको कारोवारमामा निरन्तर बृद्धि भईरहेको हो । प्रहरीले लागुऔषधमा जिल्लामा बिशेष निग्रानी र कडाई गरे पछि दुर्ब्यसनी र कारोवारीहरुले भारतीय नाका बढनी, खुनुवा, बर्डपुर लगायतका स्थाना लागु औषध सेवन र खरिद गर्न जाने गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६