अर्थ-वाणिज्य

नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्ने अभियान ग्रासरुट :नेता ढकाल




कपिलवस्तु ८ चैत्र।नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् मोर्चा संयन्त्रका संयोजक भानुभक्त ढकालले वाम आन्दोलनको मूल नेतृत्व एमालेबाट मात्र संभव रहेको दावी गर्नु भयो । नेता ढकालले अन्य वामपंथी राजनैतिक दल नेपाली कांग्रेसका सहयोगी पार्टीका रुपमा मात्र काम गरेको चर्चा गर्दै नेपाली वामपंथी आन्दोलनको नेतृत्व एमालेको विकल्प नरहेको जिकिर गर्नु भयो । नेकपा (एमाले) ले संचालन गरेको मिसन ग्रासरुट (पार्टी सुदढीकरण तथा विस्तार) अभियान २०७९ अन्र्तगत कपिलवस्तु नगरपालिकाको नगर स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।
कार्यक्रममा नेता ढकालले सामुहिक ढंगले सेवा भावबाट राजनैतिक आन्दोलनमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नु भयो । स्थायी कमिटी सदस्य ढकालले समृत नेपाल, सुखी नेपालीको परिकल्पना पुरा गर्ने काम एमालेबाट मात्र संभव रहेको जिकिर गर्नु भयो । युवा नेता ढकालले नेकपा (एमाले) विगतको एमाले नभई नेकपाको निरन्तरताको नेकपा (एमाले) रहेको स्पष्ट पार्नु भयो । सोही नगर स्तरीय कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् विदेश विभाग प्रमुख डा. राजन भट्टराईले विगतमा नेताका कुरा जनताले सुन्ने गरेको जिकिर गर्दै यस पटकको मिसन ग्रासरुट अभियान मार्फत जनताका कुरा, जनताका समस्या जनताकै घर आगनमै नेताले सुन्ने अभियानका रुपमा मिसन ग्रासरुट अभियान संचालन गरेको बताउनु भयो । स्थायी कमिटी सदस्य डा. भट्टराईले पार्टी भित्र नयाँ पुस्तालाई नेतृत्व स्थापित गर्ने अभियानका रुपमा समेत अभियान संचालन हुने दावी गर्नु भयो।

अभिमुखीकरण कार्यक्रममा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले अभियानका क्रममा प्राप्त जनताका समस्यालाई पार्टीले एकिकृत योजना मार्फत समाधान खोज्ने बताउनु भयो ।कार्यक्रममा नेकपा (एमाले) स्थायी कमिटी सदस्य दधिराम न्यौपाने, नेकपा (एमाले) का केन्द्रिय सदस्यहरु भूमिश्वर ढकाल, मेनका पोख्रेल, सीता न्यौपाने, पशुपति दयाल मिश्रा, मो. हसन हलवाई, साजिदा सिद्धिकीको आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा एमाले नेताहरु झविलाल पोख्रेल, कृष्ण पौडेल, दान वहादुर चौधरी, शान्तिदेवी चमार, भानुप्रकाश श्रेष्ठ, जंजिर प्रसाद चौधरी लगायतका नेता कार्यकर्ताको आतिथ्यता रहेको अभिमुखीकरण कार्यक्रम नगर उपाध्यक्ष ओसिम मुसलवानको अध्यक्षता, नगर उपसचिव अर्जुन चौधरीको स्वागत मन्तब्य र नगर उपसचिव रुकैया खातुनको संचालनमा भएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६