खोज–अनुसन्धान

सरसफाई,स्वच्छता र सुन्दरता नगरको पहिचान बनिसक्यो :उपमेयर थारु




कपिलवस्तु ८ चैत्र । पानी र सरसफाई गतिशील परिवर्तन भन्ने मुल नाराका साथ विश्व पानी दिवस विश्व पानी दिवस, मार्च २२ कपिलवस्तु जिल्लाको वाणगंगामा मनाईएको छ । खानेपानी सरसफाई उपभोक्ता महासंघ नेपाल नगर शाखा वाणगंगा कपिलवस्तुले आयोजनामा भएको कार्यक्रममा बोल्दै वाणगंगा नगरपालिकाका उपप्रमुख रीता कुमारी चौधरीले सरसफाई र पानी नगरको प्रमुख प्राथमिकता परेको बताउनु भयो । वाणगंगा नगरपालिकालाई स्वच्छ र हरावरा बनाउन नगर सधै तयार रहेको उहाँले बताउदै अगाडी भनु भयो ।


खानेपानी सरसफाई तथा सव डिभिजन कार्यालय कपिलवस्तुका प्रमुख . दिनेश प्रसाद शाहले जमिनमा पानीको रिचार्ज बनाउन आवश्यक रहेको तर्क गर्नु भयो । वाणगंगा नगरपालिकाका प्रमख प्रसासकिय अधिकृत खिमानन्द भुषालले बोल्दै पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पु¥याउन जोड दिनु पर्ने बताउनु भयो । खानेपानी उपभोक्ता महासंघ कपिलवस्तु जिल्ला शाखा अध्यक्ष राजेन्द्र विक्रम शाहले बढ्दो शहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका क्रममा भएको वनजङ्गल तथा प्रकृति विनाशका कारण पानीका स्रोतहरू नष्ट भइरहेको बताउदै यसलाई संरक्षण गर्नु सबैको दायित्व रहेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा प्रशासन शाखा प्रमुख तथा वार्स फोकल प्रर्सन केशब भट्राई, नागरिक समाजका अध्यक्षय दोलकबाहादुर पक्षाई,उद्योण वाणिंज्य संघका अध्यक्ष डोलकराम घिमिरे, शैक्षिक व्यक्तित्व बालाराम ज्ञवाली, सञ्चारिका समुह लुम्बिनी प्रदेश पुर्व अध्यक्ष पार्वती पाण्डे लगायले बोल्दै जो कोहिले पनि दुसित पानीले ज्यान गुमाउन नपरोस भन्दै स्वच्छ, शुद्ध खाने पानी सबै गाउँबस्तीमा पुर्याउन आवश्यक रहेको बताउनु भयो ।
संघका वाणगंगा नगर अध्यक्ष विश्व कार्कीको अध्यक्षता, दिलकुमारी भण्डारीको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी हरि आचार्यले गर्नु भएको थियो । शुद्ध खानेपानी स्वच्छ जीन्दगानी, खानेपानी शुद्धिकरणको घरेलु उपायहरु अपनाऔं, हाम्रो स्वास्थ्य हाम्रै हातमा, एक चर्पी एक घर सफा रहौ जीवन भर, लगायतका नारा सहित चारनम्बर चोकबाट सुरु भएको र्याली कपिलवस्तु उद्योग वाणिंज्य संघको सभाहलमा पुगेर सभामा परिणत भएको थियो ।

नेपाल विश्वमै जलस्रोतमा दोस्रो ठूलो देश भनिए पनि धेरै शहर, बजार र गाउँमा खानेपानीको समस्या छ । संविधानको मौलिक हकका रूपमा स्वच्छ खानेपानीको हक लेखिए पनि कार्यान्वयन हुन सकेको छैन ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६