अर्थ-वाणिज्य

एमालेलाई दिएको समर्थन फिर्ता लिन बसेको बैठकमा आरोप प्रत्यारोप : महराको राजीनामा माग




दाङ १० चैत ।एमालेका मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिन भनेर वोलाइएको मोओवादी लुम्विनीको संसदीयदलको बैठक आरोप प्रत्यारोप र आफै भित्रका असन्तुष्टि पोख्दै विना निष्कर्ष स्थगन भएकोछ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका निकट नेता एवं माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता जोखबहादुर महराविरुद्ध संसदीय दलमा असन्तुष्टि बढ्दै गएपछि आरोप प्रत्यारोप भएको हो । उनकै संसदीय दलभित्रका सदस्य (प्रदेशसभा सदस्य) हरूले उनलाई दलको नेताको रूपमा स्वीकार गर्न नसकिएको बताएका छन् । लुम्बिनी प्रदेशका आर्थिक मामिलामन्त्री महराको कार्यशैलीप्रति माओवादीकै प्रदेशसभा सदस्यहरू असन्तुष्ट बनेका हुन ।पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालको समन्वयमा राखिएको बैठक प्रभावित भएपछि समर्थन फिर्ताको निर्णय हुन सकेन एक नेताले भने ।
महराले पार्टीको नीति र विधिभन्दा बाहिर गएको आरोप छ । संसदीय दलको नेताले संगठनको निर्णय र आफ्ना सहकर्मीहरूको भावनाअनुसार चल्नुपर्ने भए पनि त्यसअनुसार हुन नसकेको माओवादी केन्द्रका सांससदहरू बताउँछन् ।सबैभन्दा पहिला लुम्बिनी प्रदेशमा माओवादीबाट मन्त्री बनेकी कृष्णा केसीलाई मागेअनुसारको मन्त्रालय नदिएको पुनः मन्त्रीमण्डल विस्तार गर्दा दाङको १ ९१० बाट निर्वाचित सांसद इन्द्रजित थारूलाई मन्त्री सिफारिस एकल ढंगले गरेको भन्दै असन्तुष्टि बढेको हो ।खुलेरै यो विषयमा सांसदहरू नबोले पनि सरकारमा सहभागी हुने र पद बाँडफाँट गर्ने समयमा समान ढंगले व्यवस्थापन गर्ने भने पनि हाल भौतिक पूर्वाधार विकासमन्त्री रहेका इन्द्रजित थारूलाई मात्रै खुसी बनाउन खोजेको आरोप छ ।

केसीले पनि थारूलाई दिइएको मन्त्रालय आफूले नपाएको भन्दै मन्त्रीबाट राजीनामा दिएको कुरा माओवादीभित्र चले पनि यो कुरा अस्वीकार गर्दै आएकी छन् । माओवादीका सांसदहरूले दलको नेताले व्यक्ति विशेषका भावना र चाहनाअनुसारका कामहरू गरेको आरोप लगाउँदै कुनै एक व्यक्तिको स्वार्थबाट प्रेरित भएको बताउँदै आएका छन् ।पार्टीलाई समावेशी बनाउन लाग्नुभन्दा पनि दलका नेता मनोमानी ढंगले अगाडि बढ्न खोजेको असन्तुष्ट सांसदहरूको आरोप छ । पछिल्लो समय लुम्बिनीमा माओवादीका नेता जनार्दन शर्माको लाइन हाबी हुने कि कृष्णबहादुर महरा वा वर्षमान पुन भन्ने कुराले संसदीय दलमा विवाद चुलिएको बताइन्छ ।शर्मा रुकुमका हुन् भने पुन रोल्पाका हुन् । संसदीय दलका नेता महराको घर पनि रोल्पा हो । लुम्बिनीमा माओवादीका १० सांसद छन् । स्रोतका अनुसार सात जना सांसद महराका विपक्षमा छन् । एक सभामुख छन् भने पक्षमा भौतिक पूर्वाधारमन्त्री रहेको बुझिएको छ ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६