अन्तर्राष्ट्रिय

दिल्लीमा लगेर देह ब्यापारमा लगाइएका १५ देखि २५ उमेरका १० नेपाली युवतीको उद्धार




पोखरा १० चैत ।मानव तस्करले भारत पुर्‍याएर देह व्यापारमा लगाएका १० जना नेपाली महिलाको उद्धार भएको छ ।भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्दामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाको उद्धार भएको हो । उनीहरूलाई नेपाल प्रहरी, मानव बेचबिखनविरुद्धको अनुसन्धान ब्युरो, नेपाली राजदूतावास, कीन इन्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारबाहीमा उद्धार गरिएको हो ।
उद्धार गरिएका महिलाहरूको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरू नुवाकोट, काठमाण्डौ, कास्की, खोटाङलगायतका जिल्लाका रहेका प्रहरीले जनाएको छ । उद्धार गरिएकीमध्ये एक महिलाले आफूलाई राम्रो जागिर छ भन्दै दिल्ली पुर्‍याइएको र त्यहाँ पुगेपछि जबरजस्ती यौन धन्दामा लगाएको गुनासो गरेकी छिन् ।
महिला उद्धारका लागि सञ्चालन गरिएको मिसन फ्ल्याटका बारेमा बताउँदै नेपाली राजदूतावासमा खटिनुभएका एसएसपी उमाकान्त चतुर्वेदीले पोखराबाट चार जना युवती हराएको भन्ने रिपोर्ट जिल्ला प्रहरी कार्यालय, प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्युरो र प्रहरी महानिरीक्षकको सचिवालय हुँदै दिल्ली दूतावासमा आफूलाई प्राप्त भएपछि खोजीका लागि पहल गरेको बताए ।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६