अर्थ-वाणिज्य

श्याम ज्ञवालीलाई आइजिपी बन्नवाट रोक्ने दुस्प्रचार गलत सावित




बुटवल १० चैत । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको भर्ना प्रक्रियालाई लिएर बिभिन्न ढंगले गरिएको प्रचारबाजी र उजुरी पदोन्नती रोक्ने योजना अनुसार भएको निष्कर्ष गृहमन्त्रालयले निकालेको छ। गृह मन्त्रालय र महान्यायाधीवक्ता कार्यालयले चैत्र ७ गते मात्रै पदोन्नती भएर दज्र्यानी चिन्ह लाएका ज्ञवाली बिरुद्ध गरिएको उजुरी र प्रचारका बिषयमा चासो व्यक्त गर्दै ज्ञवाली प्रहरी महानिरिक्षकका लागि अन्य एआईजीसरह ज्ञवालीपनि योग्य रहेको निष्कर्ष निकालेको छ।
ज्ञवाली बिरुद्ध नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक जन्ममिती रहेको र सेवा प्रवेश गर्दा २५ वर्ष नाघिसकेको भन्दै शेर बहादुर थापा नामका ब्यक्तिले उजुरी गरेका थिए भने उक्त बिषयलाई केही सन्चारमाध्यमहरुले प्राथमिकताका साथ प्रकाशन गरेका थिए। गृहले उनका बिरुद्धको उजुरी सम्बन्धमा छानबिन गर्दै प्रहरी विनियमावलीको तत्कालीन व्यवस्था अनुसार नै ज्ञवाली भर्ना भएको देखिएको निष्कर्ष निकालेको गृह श्रोतले जनाएको छ।भर्ना हुँदाको समयमा अर्कै व्यवस्था रहेकोमा अहिलेको नियमावलीसँग तुलना गर्नु तर्कसंगत नहुने गृहका एक अधिकारीले बताएका छन्।
‘कसैले उजुरी गर्दैमा कोही दोषी ठहरिने होइन, महानिरीक्षक नियुक्तिको बेला बिबाद निकाल्नु उपयुक्त होइन’ गृह स्रोतले भन्यो। डीआईजीबाट एआईजीमा बढुवा भएका पाँच जना भावी एआईजी लागि प्रतिष्पर्धी छन्। त्यस मध्ये ज्ञवाली आईजीपी बन्ने सम्भवनालाई रोक्न केही मान्छेहरु योजनाबद्ध ढंगले लागेको देखिन्छ त्यो गलत हो उनले भने। एआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति फरक फरक छ। शैक्षिक प्रमाणपत्रमा ज्ञवालीको जन्म मिति २०२५ भदौ २६ गते छ भने नागरिकतामा २०२४ चैत २१ देखिएको छ। त्यो समयको नागरिकता प्रमाणपत्रमा जन्ममिती उल्लेख नगरी बर्ष उल्लेख गर्ने प्रचलन भएका कारण त्यस्तो हुन गएको गृहमन्त्रालयको भनाई छ।
एआईजी ज्ञवालीले २०५० साल पुष ९ गते भर्नाका लागि खुलाएको विज्ञापनमा आवेदन दिएर भर्ना भएका थिए। २५ वर्ष नाघेपछि भर्ना हुन नमिल्ने भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो।प्रहरी नियमावली २०७१ ले प्रहरी निरीक्षकमा भर्ना हुने योग्यताअनुसार उमेरको विवरणमा दरखास्त फारम दर्ता हुने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको उल्लेख गरेको छ।अहिलेको नियमावलीलाई आधार मानेर हेर्दा उनी अयोग्य ठहरिन्छन्। तर,ज्ञवाली प्रहरी निरीक्षकमा भर्ना हुँदा कायम रहेको नियमावली अनुसार उनको भर्नामा कुनै त्रुटी देखिँदैन। ज्ञवाली प्रहरी नियमावली २०४९ अनुसार नेपाल प्रहरीको प्रहरी निरिक्षक पदमा भर्ना भएका हुन।
प्रहरी नियमावली २०४९ को दफा १३ मा प्रहरी निरीक्षकमा भर्ना हुन चाहिने योग्यताका बारेमा उल्लेख गरिएको छ। प्रहरी नियमावली २०४९ को दफा १३ ९क० मा ‘छनौट हुने सालको वैशाख १ गते २० वर्ष उमेर पुगेको र २५ वर्ष उमेर ननाघेको’ हुनुपर्ने लेखिएको छ।२०७१ सालको संशोधनमा ‘दरखास्त फाराम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष उमेर पुगेको र २५ वर्ष ननाघेको नेपाली नागरिक’ भनेर बनाइएको छ। २०४९ को नियमावलीमा प्रष्ट रुपमा भर्ना हुने सालको वैशाखको १ गतेलाई आधार मानिएको छ।जसअनुसार ज्ञवालीले २०५० मंसिरमा प्रहरी निरीक्षकमा दरखास्त दिए पनि उमेरको हिसाब भने २०५० वैशाख १ गते २५ वर्ष ननाघेको हुनुपर्ने हुन्छ।२०४९ को नियमावली अनुसार वैशाख १ गते ज्ञवालीको उमेर २४ वर्ष ५ महिना हुन्छ। यसकारण पनि ज्ञवालीको पदोन्नती रोक्ने योजनामा भएको निष्कर्ष गृहको रहेको र्गहका एक अधिकारीले बताए।

प्रकाशित : १० चैत्र २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६