खोज–अनुसन्धान

३० बर्षिय यूवतीलाई पेट्रोल छर्केर आगो लगाउन खोज्ने यूवक पक्राऊ




दाङ ११ चैत । रुकुम पश्चिमकी एक महिलालाई जिउँदै जलाउन खोजेको आरोपमा दाङका एक युवक पक्राउ परेका छन् ।दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं। ९ बेलुका ३५ बर्षीय प्रेमबहादुर केसी रुकुम पश्चिमको मुसिकोट नगरपालिका – ९ चौखाबाङ घर भइ वडा नं। ४ ठाराढुँगामा डेरा गरि बस्दै आएकी ३० बर्षीया कृष्णा खड्कालाई पेट्रोल छर्केर आगो लगाउन खोजेको अभियोगमा पक्राउ परेका हुन ।चैत ८ गते राति पौने ९ बजेतिर कोठा भाडामा एक्लै बस्दै आएकी खड्काको कोठामा प्रबेश गरि प्रेमबहादुरले उनको शरिरमा एक लिटर पेट्रोल छर्केर लाइटर बाली आगो लगाउन खोजेको जिल्ला प्रहरी प्रमुख डिएसपी नमराज भट्टराईले जानकारी दिए ।
कृष्णाले गुहार मागेपछि घर धनी लगाएत आसपासका अन्य स्थानीय तत्काल पुगेको र त्यसपछि प्रेमबहादुर भागेको डिएसपी भट्टराईले बताए ।घटनाबारे तत्कालै स्थानीयले प्रहरीलाई खबर गरेपछि भागेका प्रेमबहादुरलाई घटनाको दुई घन्टा पछि प्रहरीले पक्राउ गर्न सफल भएको डिएसपी भट्टराइले बताए । प्रेमबहादुर बिरुद्ध ज्यानमार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरि थप अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : ११ चैत्र २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६