अर्थ-वाणिज्य

बेसाहारा बालकहरुसंग २ ब्यापारीले मनाए जन्म दिन




कपिलवस्तु १२ चैत ।कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ४ का दुई ब्यापारीले शनिवार आफनो जन्म दिन तौलिहवा स्थित बालगृहका बेसाहरा बालकसंग मनाएका छन । कपिलवस्तु उद्योग ब्यापार संघ बाणगंगा जिल्ला अध्यक्ष खिमानन्द पौडेल संघका कार्य समिति सदस्य मुक्ती राम कडेलले बालगृहमा २३ बेसाहरा बालकसंग मनाएका हुन । दुबै जनाले जन्म दिनको अवसरमा ३ वटा केक समेत काटेर बालकहरुसंग रमाईलो गरी जन्म दिन मनाएका हुन ।उनीहरुले बालगृहलाई १९ हजार २ सय बराबरको खाद्यान्न समेत दिएका थिए ।

सो अवसरमा दुबै जनाका परिवारका सदस्यहरु र संघका अन्य पदाधिकारीहरु समेत सहभागी थिए । संघका अध्यष पौडेलले आफुले बिगत बर्षहरुमा समेत बालगृहमा जन्म दिन मनाउदै आएको बताए । उनले २ बर्ष मनाउन नसेको जन्म दिन यसरी बालगृहमा मनाउन पाउदा निकै खुशी लागेको बताए । उनले तामझाम र फजुल खर्च भन्दा यसरी बालगृहमा जन्म दिन मनाउदा आफुलाई निकै संतुष्टी मिलेको उनले बताए ।
अर्का ब्यापारी कंडेलले समेत बेसाहरा बालकहरुसंग जनम दिन मनाउन पाउदा आफुलाई निकै खुशी लागेको बताए । चामल,दाल,तेल, नुन, चना, सरफ, फिनेल, हरपिक लगायतका विभिन्न जिन्सी सामाग्रिहरू उपलब्ध गराइएको थियो । बालगृह प्रमुख श्री राम प्रसाद अर्यालले सामाजिक सेवाको भावनाबाट अभिप्रेरित भएर यसरी बालकहरुसंग जनम दिन मनाएकोमा धन्यबाद दिए । उनले बालकहरुको हौसला बढाई बालगुहलाई समेत सहयोग गरेकोमा आभार समते ब्यक्त गरे ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६