खोज–अनुसन्धान

श्रीमति र जेठाछोरा गुमाएका टेकबहादुरलाई पीडामाथि अर्काे पीडा थप




सागर बि.क.
कपिलवस्तु १२ चैत । भनिन्छ, ‘सबैको एक दिन अवश्य राम्रो समय आउँछ’ त्यसैले मानिस निरन्तर संघर्षरत हुन्छ । तर कपिलवस्तुको बाणगगंगा नगरपालिका ७ धैरेनीटोलका टेकबहादुर दर्जीको राम्रो समय अझैसम्म आएन् र उनी त्यो राम्रो समय आउने कुरामा आशावादी समेत छैनन् । आफ्नो एक हात गुमाएका टेकबहादुरले श्रीमती, त्यसपछि जेठो छोरो गुमाए । अहिले उनलाई अर्का कान्छा छोरा २० बर्षीय केशवलाई गुमाउन पर्छ कि भन्ने चिन्ताले मन पोलिरहेको छ ।
आर्थिक अभावकै कारण उनले श्रीमति र जेठो छोरा गुमाउन पुगे । घरको आर्थिक अवस्था दयनीय भएकै कारण दमको औषधी किन्न नसकेर श्रीमति शान्तिले २९ बर्षकै उमेरमा ज्यान गुमाउन पुगेको उनी सुनाउँछन् । १० बर्ष पहिले उनकी शान्तिको मृत्यु भएको हो । श्रीमतिलाई सामान्य उपचार गराउन समेत पैसा अभाव हुदाँ बचाउन नसकिएको भन्दै उनी बेला बेला सम्झिएर भकानिन्छन् । श्रीमति गुमाएका टेकबहादुरले फेरी आफ्नो जेठो छोरा गुमाउन पुगे । आन्द्रामा समस्या हुँदा टेकबहादुरका २५ बर्षिय छोरा जीवनको ज्यान गयो । आन्द्राको अपरेशनका लागी पैसा नहुँदा छोरोलाई बचाउन नसकिएको उनले बताए । श्रीमति र जेठो छोरा गुमाएका टेकबहादुर अहिले छटपटिरहेका छन् । कान्छा छोरा केशवको दुवै मृगौला फेल भएको छ । केशवले आफ्नो मृगौला फल भएको खबर बुवालाई भारतबाट सुनाए ।
खबर सुन्नसाथ बुवा टेकबहादुर झसंङ भए । छोरामाथिको उनले देखेको सपना तुहियो । आर्थिक अभावकै कारण पढ्न नसकेर केशव काम गर्न भारत पुगेका थिए । केही बर्षदेखि उनले भारतमै घर बनाउने लेभरको रुपमा काम गरिरहेका थिए । २ हप्ता पहिले मात्र उनलाई श्वास फेर्न, हिडँडुल गर्न गारो हुने जस्ता लक्षणहरु देखिन थाले । त्यसपछि डाक्टर कहाँ पुगेका केशवलाई थाहा भयो आफ्नो दुवै मृगौला फेल भएको भन्ने । उनले काम गरेर पाएको केही पैसाले सामान्य औषधी लिएर खान थाले । काम गर्न नसक्ने र आफुसंग भएको पैसा सकिएपछि उनी घर आउने तर्खरमा थिए । तर उनीसंग घर फर्किने पैसा समेत नभएपछि उनले घर बुवालाई फोन गरे । बुवा टेकशादुरले ऋण नै खोजेर छोरालाई लिन नेपाल भारतको सिमा क्षेत्र कृष्णनगरसम्म पुगेर छोरालाई घर लिएर आए ।
आफन्त, साथी र समाजका केही व्यक्तिहरुसंग चन्दा उठाएर संकलन भएको रकमबाट टेकबहादुरले केशवलाई हरेक ३÷३ दिनमा डायलिसिसका लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लाने गरेका छन् । एक पटक डायलिसिस गर्दा ३ हजार रुपैयाँ खर्च लाग्ने गरेको टेकबहादुरले बताए । डाक्टरले एउटा मृगौला फेर्न १० लाख रुपैयाँ लाग्ने बताएको उनले बताए । ‘दैनिक गुजारा चलाउन पनि गारो भईरहेको थियो । त्यसैमा छोरालाई यस्तो भयो, डाक्टरले मृगौला फेर्न १० लाख लाग्न भन्नुभएको छ । मसंग १० हजार छैन् ।’ उनले भने ।
आफ्नो मृगौला छोरालाई दिने सोच टेकबहादुरले बनाएका छन् । तर टेकबहादु आफै विभिन्न रोगबाट ग्रस्त छन् । ‘सम्भव भएसम्म मैले नै मृगौला दिन्छु भन्ने सोच बनाएको छु,’ उनले भने, ‘तर डाक्टर त्यसको लागी काठमाडौं जान पर्छ भन्नुभएको छ । धेरै खर्च लाग्छ रे खै कसरी हुन्छ ।’जेठो छोरा गुमाईसकेका टेकबहादुरले कान्छो छोरा केशवको समेत मृगौला फेल भएपछि आफ्नो आशा निराशामा परिणत भएको बताए । ‘जुन समयमा केही गर्छ भन्ने थियो, यस्तो भयो । केही आशा थियो त्यो आशा भत्ताभुङ्ग भयो । अब अघिपछि केही सोच्ने पनि रहेन्’ उनले भने । सबैलाई आर्थिक सहयोग लागी अपिल गर्दै उनले भने, ‘सहयोग जुट्यो भने बचाउन सकिन्छ कि भन्ने आश छ ।’

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६