अर्थ-वाणिज्य

कपिलवस्तुवाट उदाएका डा. भुसाल पहिलो पटक मन्त्री बन्दै




कपिलवस्तु १२ चैत्र । अर्घाखाँचीको हर्रेबर्रे काण्डमा जेल परेर छुटेपछि कपिलवस्तुवाट राजनीतिमा उदाएका इमान्दार छविका नेता डा बेदुराम भुसाल पहिलो पटक मन्त्री बन्ने भएका छन् । ११ दलीय सत्ता गठबन्धनको पाँचौँ ठूलो घटक नेकपा एकीकृत समाजवादी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा सरकारमा जाने भएको छ । नेकपा एसको महासचिव छाडेर उपाध्यक्ष बनेका डा. भुसाल राष्ट्रियसभा सदस्य हुन् ।अध्यक्ष माधवकुमार नेपालले डा. बेदुराम भुसाललाई सरकारको नेतृत्व गरेर पठाउन लागेको जानकारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत गराइसकेको बालुवाटार स्रोतले जनाएको छ । भुसाल नेकपा एसका संस्थापक महासचिव भए पनि घनश्याम भुसालका लागि सो पद छाडेका छन् ।
नेकपा एसका माधव नेपालसहित १० जना प्रत्यक्ष निर्वाचित सांसद छन् । नेपालबाहेक ९ जना सांसद नै मन्त्रीको दाबेदार छन् । यद्यपि पहिलो चरणमा डा. बेदुराम भुसालसहित प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने तयारी नेकपा एसको छ ।एमालेबाट विभाजन भएर मन्त्री तथा मुख्यमन्त्री बनेकाहरूले पहिलो चरणमा मौका नपाउने मापदण्ड बनाइएको छ । सोही मापदण्ड बमोजिम बेदुरामको नेतृत्वमा सरकारमा जान लागिएको हो । सरकारको नेतृत्वका लागि राजेन्द्र पाण्डेले पनि दाबी गरेका छन् ।
तर पाण्डेलाई माधव नेपाल प्रधानमन्त्री भएको बेला गृहमन्त्री बनाउने आश्वासन दिइएको स्रोतले जनाएको छ । नेकपा एसले गृहमन्त्रीमा दाबी गरेपनि सो मन्त्रालयमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ जाने चर्चासँगै नेकपा एसले भौतिक पूर्वाधार पाउने सम्भावना छ ।नेकपा एसबाट निर्वाचित सांसदमध्ये पार्टी विभाजनपछि धनबहादुर बुढाबाहेक सबै एक चरण मन्त्री बनिसकेका छन् । बुढाले ६ महिनाका लागि भनेपनि आफूलाई मन्त्री बनाउन नेतृत्वमाथि दबाब बढाएका छन् । यो चरणमा नभए अर्को चरणमा मन्त्री बनाउने आश्वासन उनलाई दिइएको छ ।
प्रकाश ज्वाला र अमरबहादुर थापा कर्णाली सरकारमा मन्त्री थिए । उनीहरूले मन्त्री भएकै बेला एमालेका नेता यामलाल कँडेललाई मुख्यमन्त्री बन्नबाट रोक्न माओवादीलाई फ्लोर क्रस गरेर साथ दिएपछि सांसद पद गएको थियो ।अमर थापा पनि कर्णालीकै भएकाले यस पटक ज्वालाले मौका पाउँदा उनले अर्को पटक पाउने आश्वासन दिइएको छ । प्रेम आले, किसान श्रेष्ठ, शेरबहादुर कुँवरले भने यो चरणमा मन्त्री बन्ने मौका नपाउने भएका छन् ।तीन चरणमा सरकार बन्ने भएकाले सबै सांसदले पालैपालो मन्त्री बन्ने अवसर रहेको भन्दै नेतृत्वले उनीहरूलाई मनाइरहेको छ । नेकपा एसले एउटा प्रदेशको मुख्यमन्त्रीसहित ३ मन्त्रालयमा दाबी गरेको छ । यद्यपि प्रधानमन्त्रीले भने नेकपा एसलाई २ मन्त्रालयमा मात्र दिन सकिने प्रस्ताव गरेका छन् ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६