अर्थ-वाणिज्य

मृगौलाको डायलाइसिस गराइरहेकालाई नगरको यातायात सेवा




कपिलवस्तु १२ चैत । बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने भएको छ । आज सम्पन्न बाणगंगा नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेका विरामि हरुको लागि यातायात खर्च बापत २ लाख ५० हजार बिनियोजन गरेको नगर प्रवक्ता तथा वडा नम्बर दुईका वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनु भएको छ ।त्यस्तै कार्यपालिका बैठकले आर्थिक वर्ष ०७९/ ८० मा सम्पन्न हुने योजनाको समिक्षा पनि गरेको छ । जस अनुसार उपभोक्ता बाट सम्पन्न हुने ३४३ वटा योजना मध्ये १२१ वटा योजनाहरु सम्पन्न भएर निकासा पनि भैसेको जनाइएको छ । त्यस्तै ठेक्का मार्फत सम्पन्न हुने ६१ वटा योजना मध्ये २ वटा योजना सम्पन्न भएको र अन्य योजनाहरु संचालनमा रहेको प्रवक्ता पौडेलले बताउनु भएको छ ।
त्यस्तै वडा नम्बर ६ र ७ मा गरेर दुई वटा खोप केन्द्र निर्माण गर्ने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ । जसको लागि ७७ लाख रुपैयाँ पनि बिनियोजन गरिएको छ ।त्यस्तै अन्तराष्ट्रि अन्डर १९ क्रिकेटमा सामेल रहेका वडा नम्बर ५ का दुर्गेश गुप्ता, अन्तराष्ट्रिय म्याराथुन धावक वडा नम्बर ९ का अजय पण्डे र अन्तराष्ट्रि क्रिकेट खेलाडीहरुको थेरापिष्ट वडा नम्बर ८ का विक्रम न्योपानेलाई सम्मान गर्ने पनि नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बाणगंगामा ७०० जनाले आवेदन भरेका र त्यसको स्वीकृतको लागि प्रदेश सरकारमा पठाउने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । बैठकले बाल क्लब गठन गर्ने निर्देशिका संसोधन गर्ने निर्णय पनि गरेको छ । बैठकमा लेखा प्ररिक्षण प्रतिवेदन विषयमा लेखा अधिकृत केशवराज गैरेले जानकारी गराउनु भएको थियो ।नगरको ११ औँ कार्यपालिका बैठक नगर प्रमुख चक्रपाणी अर्यालको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसालको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : १२ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६