खोज–अनुसन्धान

नेपाली मिडियामा मिथ्या सूचना हावी




बुटवल १९ चैत ।नेपाली मिडियामा मिथ्या सुचनालाई न्यूनीकरण गर्न सेल्फ सेन्सरसिप महत्वपूर्ण पाटो भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाव दिएका छन् । संविधानमा नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएको नेपालमा यो पेशालाई ब्यावसायिक र मर्यादित बनाउने गरी लाग्नुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिए । सेन्टर फर सोसियल ईन्क्लुसन एण्ड फेडेरेसन (सेसिफ) को आयोजनामा आइतबार बुटवलमा नेपाली संचारमा गलत सूचनाबारे रुपन्देहीका सरोकारवालाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको हँुदा पनि यसको सही विकल्प सेल्फ सेन्सरसिप भएको दाबी गरे ।
मिथ्या सूचनाको नियन्त्रण नभई न्यूनीकरणका लागि नियगमन गर्न जरुरी रहेको उनले औल्याए । मूलधारका मिडियाभन्दा सामाजिक संजालमा सबैभन्दा बढी मिथ्या समाचार आउने गरेको उनले बताए ।संचारगृहबाट गलत सुचना दिदा समुदाय, देशमा नै ठूलो हिसात्मक अवस्था उत्पन्न हुन सक्नेतर्फ पत्रकार सचेत हुनुपर्ने वरिष्ठ पत्रकार हरि बहादुर थापाले बताए । कार्यक्रममा महासंघका उपाध्यक्ष अमृता अनमोल, प्रेस युनियनका सभापति रेखा भुषाल, श्याम पोखरेल, सिपि खनालले नयाँ पुस्तालाई बेलाबेला अभिमुखीकरण कार्यक्रम दिएर मिथ्या सूचना र यसको प्रभावबारे निरन्तर छलफल चलाउनुपर्ने बताए ।

प्रकाशित : १९ चैत्र २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६