कपिलवस्तु २२ चैत्र। नेकपा एमालेको २ महिने मिसन ग्रास रुट अभियानले गाउँ गाउँ तातेको छ । यसैक्रममा पार्टी सुदृढीकरण र विस्तारका लागि कपिलवस्तुका गाउँ वस्तीमा विभिन्न कार्यक्रम भएका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद भुमेश्वर ढकालले मुलुकभर चलेको २ महिने मिसन ग्रास रुटले जनतामा उत्साह छाएको बताउनु भएको छ । यो अभियानले जनतामा जागरण र कार्यकर्तामा उत्साह जगाएको उहाको भनाइछ ।अभियानका क्रममा कपिलवस्तुको जिम्मेवारीमा आउनु भएका नेता ढकालले यस्तो बताउनु भएको हो । विशेष गरि जिल्लाको कपिलवस्तु नगरपालिका , वुद्धभुमि नगरपालिका र यशोधरा गाउँपालिकाको जिम्मेवारी पाउनु भएका नेता ढकालले गाउँ गाउँ ,बस्ती बस्तीमा जनता उत्साहित देखिएको बताउनु भयो । आउने निर्वाचनमा जसरी पनि एमालेले वहुमत पाउनु पर्छ भन्दै कार्यकर्ता लागेको समेत बताउनु भयो ।
अस्थिर सरकारले जनतामा निराशा छाइरहेको , मुलुकभर आर्थिक संंकट परिरहेको भन्दै एमाले एक ढिक्का भई देश सम्हानु पर्ने बेला आएको समेत कार्यकर्ताले पाटीलाई सुझाव दिएको समेत उहाँले बताउनु भयो । तल्लो स्तरमा कार्यकर्तामा कुनै तिक्त्तता नरहेको नेतृत्व तहमै समस्या रहेको भन्दै ति समस्यालाई निराकरण गर्न जनताले अनुरोध गरेको समेत नेता ढकालले जनाउनु भयो । आफुले पाएको जिम्मेवारीमा पालिकास्तरका भेला , टोल स्तरका भेला , कमिटि निमार्ण ,प्रशिक्षण जस्ता कामहरु दु्रत गतिमा अघि बढेको समेत उहाँले जानकारी दिनु भयो । गत फागुन ५ गते मुलुक भर एकै साथ शुरु भएको २ महिने अभियान वैशाख ९ गते समापन हुदै छ ।पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको अभियान ओलीले नै समापन गर्नु हुने छ ।
प्रतिक्रिया