भैरहवा २३ चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले वैदेशिक रोजगार व्यवस्थापन शाखा सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । भैरहवा तथा यस आसपासमा आर्थिक चलायमानमा सहयोग पुग्ने तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि जाने श्रमिकलाई सहयोग पुग्ने उद्देश्यले स्थापना गरिएको कार्यालय बुटवल लैजानुको कुनै औचित्य नरहेको भन्दै निर्णय फिर्ताको माग गरिएको हो ।
अध्यक्ष ठाकुरकुमार श्रेष्ठले स्थानीय सरोकारवाला तथा विभिन्न संघ–संस्थाको पहलमा २०७९ असार १ गतेदेखि वैदेशिक रोजगारका लागि अनलाइनमार्फत श्रम स्वीकृतिसम्बन्धी सेवा दिने उद्देश्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने श्रमिक युवालाई सहज सेवाका लागि स्थापना भएको वैदेशिक रोजगार व्यवस्थापन शाखा भैरहवाबाट सञ्चालन भएको बताए । ‘२०७९ चैत २१ गतेदेखि बन्द गरी पूर्णरुपमा श्रम तथा रोजगार कार्यालय बुटवलमा सार्ने र त्यहाँबाट सेवाप्रवाह गर्ने गरी नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गरिएको निर्णय तत्काल फिर्ता लिनुपर्छ, ’श्रेष्ठले भने ।
श्रम तथा रोजगार कार्यालय बुटवल, रुपन्देहीका शाखा अधिकृत केशव भट्टराईले लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रबाट कार्यालयको पत्र तथा निर्णयअनुसार बुटवलबाट सेवा प्रदान गरिएको बताए । श्रम तथा रोजगार कार्यलय र बैदेशीक रोजगार शाखा २ ठाउ हुदा नागरिकले दुख पाएको गुनासो संबोधन गर्न यस्तो गरिएको वताइन५ । श्रम तथा रोजगार कार्यालय बुटवल, रुपन्देहीले चैत १९ गते सूचना जारी गर्दै लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पत्रबाट कार्यालयको भवन श्रम तथा रोजगार कार्यालय बुटवल नै प्रयोग गर्ने गरी फिर्ता भएको जनाएको छ ।
२३ चैत्र २०७९, बिहिबार
प्रतिक्रिया