कपिलवस्तु २४ चैत्र।नेकपा एमालेले शुरु गरेको २ महिने मिसन ग्रास रुट कार्यक्रमले गाउँ बस्ती सबै तातेका छन । भेला गर्ने , कमिटि निमार्ण गर्ने , प्रशिक्षण गर्ने , जनताका समस्या वझ्ने जस्ता कामहरु तिब्र गतिमा भएका छन । पाटीका केन्द्रीय सदस्य एवं कपिलवस्तु इन्चार्ज समेत रहनु भएका वलराम अधिकारी गुल्मीमा विभिन्न पालिकाहरुको जिम्मेवारी पाउनु भएको छ । अधिकारीले जिम्मा लिएका मुसिकोट , मालिका र इष्मा गाउँपालिका रहेका छन । जसअन्तरगत मुसिकोटमा ९ , मालिकामा ७र इष्मामा ६ वटा वडा रहेका छन । तिन वटै पालिकामा भेला , प्रशिक्षण भइरहेको नेता अधिकारीले बताउनु भयो ।
नेता अधिकारीले अगाडि भन्नु भयो , सबै पालिकाहरुको टोल टोलमा कमिटि निमार्ण भएका छन । जनस्तरबाट विकासका सवालहरु वढि उठेका छन , उहाँले भन्नु भयो । गाउँ टोल बस्तीका कार्यकर्ताले पाटी राम्रोबनाउन र सबै नेताहरु एक ढिक्का भएर लाग्न सुझाव दिएको बताउनु भयो । पाटीमा राम्रो काम गर्ने क्षमता भएका कार्यकर्तालाई मुल्यांकन गरि अवसर दिलाउनु पर्ने , सबै कार्यकर्ताले नेकपा एमाले हाम्रो हो भन्ने अपनत्व वोध गराउनु पर्ने जनस्तरबाट सुझाव आएको उहाँले जनाउनु भयो । निर्वाचनमा गरेका प्रतिवद्धता जनप्रतिनिधिले पुरा गर्नु पर्ने , नेता , जनप्रतिनिधि जनताका घरघरमा पुगेर समस्या समाधान गर्नु पर्ने लगायतका सुझावहरु आएको नेता अधिकारीले स्पष्ट पार्नु भयो ।
२४ चैत्र २०७९, शुक्रबार
प्रतिक्रिया