विराटनगर २५ चैत । नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिका आफैले नक्सा बनाइदिने भएको छ ।भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो ।इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलले स्थानीयले भवनको नक्सा बनाउँदा चर्को शुल्क तिर्नुपरेको गुनासो आएकाले उपमहानगरपालिकाले सहजीकरण गर्न लागेको बताए ।‘निवेदन दिएपछि नक्सा उपमहानगरपालिकाले नै बनाइदिन्छ’, उनले भने, ‘साउन १ गतेदेखि यो सेवा लिन पाउनेछन् ।’
भूकम्प प्रतिरोधी घर निर्माणमा स्थानीयलाई जागरूक बनाउन उपमहानगरपालिकाले नै चाहेअनुसारको नक्सा बनाइदिन लागेको उनले बताए ।‘प्राइभेट इन्जिनियरिङ कन्सल्टेन्सीमार्फत घरको डिजाइन बनाउँदा धेरै महँगो पर्यो भन्ने गुनासो आएको छ”, उनले भने ।
२६ चैत्र २०७९, आइतबार
प्रतिक्रिया