अर्थ-वाणिज्य

नगरलाई गुणस्तरीय शिक्षाको हब बनाउनमा नीजि स्कूल मुख्य हिस्सेदार हुन् : मेयर अर्याल




कपिलवस्तु २७ चैत । बाणगंगाका नगर प्रमुख चक्रपाणी अर्यालले नगरलाई गुणस्तरीय शिक्षाको हब बनाउन नीजि स्कूलहरुको भूमिका मुख्य रहेको वताउनु भएको छ । उहाले अब कपिलवस्तुका सम्पुर्ण विद्यालयहरुले व्यावाहार उपयोगी शिक्षालाई प्राथमिकता दिनुपर्ने बताउनु भयो नगरका । विद्यालयको शैक्षिक गुणस्तर बढाएर देशमा चिनाउनको लागि आफुले हरपल प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयो ।


बालज्योती माध्यमिक विद्यालय गजेहडामा पुरस्कार वितरण तथा नतिजा प्रकाशन कार्यक्रममा बोल्दै मेयर अर्यालले यस्तो वताउनु भएको हो । एक भव्य समारोहका बिच भएको उक्त कार्यक्रममा विद्यालयका प्रिन्सीपल सर्वेन्द्रदेव खनालका वुवा कपिलदेव खनालको अध्यक्षता, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरे, बाणगंगा नगरपालका वडा न. ४ का वडा अध्यक्ष छवी रेश्मी मगर, कपिलवस्तु् प्यावसनका अध्यक्ष सुन्दर पाण्डे, प्यावसन वाणगंगा नगरपालिकाका अध्यक्ष सुरेन्द्र पाण्डे, नागरिक समाजका अध्यक्ष डोलक बहादुर पछाँई लगायतको आतिथ्यतामा सम्पन्न भएको हो ।
त्यस्तै कार्यक्रममा वर्षभरि भएका विभिन्न अतिरिक्त क्रियाकलापहरुमा विभिन्न स्थान प्राप्त गर्न सफल भएका विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरिएको थियो । वार्षिक नतिजामा उत्कृष्ट विद्यार्थीहलाई पुरस्कार समेत प्रदान गरिएको हो । विभिन्न अक्षयकोषको रकमबाट प्राप्त ब्याजको सदुपयोग गर्दे गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गरिएको प्रिन्सीपल सर्वेन्द्रदेव खनालले वताउनु भयो ।

प्रकाशित : २८ चैत्र २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६