अर्थ-वाणिज्य

चन्द्रौटामा सरुवा रोग अस्पतालको शिलान्यास :नागरिक उत्साहित

स्वास्थ्यमन्त्रीको पहिलो निर्णय कार्यान्वयन हुदा खुशीछु : मन्त्री पन्थी



माधव बेल्वासे
कपिलवस्तु २९ चैत्र । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्ने भएको छ । बुधवार लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थीले अस्पतालको शिलान्यास गर्नु भएको छ । अस्पतालको शिलान्यास गर्नुहुँदै मन्त्री पन्थीले प्रदेश सरुवा रोग अस्पताल प्रदेशवासीका लागि गौरवको योजना रहेको बताउनुभयो । निर्माण हुने अस्पताल देशको महत्त्वपूर्ण अस्पतालको रूपमा विकास गरिने मन्त्री पन्थीले जानकारी दिनुभयो ।
सम्बोधनका क्रममा उहाँले लुम्बिनी प्रदेशका सबै जनतालाई स्वास्थ्य सेवाको प्रत्याभूति दिने गरी काम भएको बताउनुभयो । हरेक पालिकाको आफ्नै अस्पताल र लुम्बिनी प्रादेशिक अस्पताललाई एक हजार पाँच सयको शय्याको अस्पतालको रूपमा विकास गरिने क्रममा रहेको बताउनु भयो । सरुवा रोग अस्पतालमा भवन निर्माण नहुँदा सम्म जग्गा लिजमा लिएर अस्पताल सञ्चालन हुने मन्त्री पन्थीका भनाइ छ ।लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले ठेक्का भएको १३ महिनापछि भवन निर्माणको काम सुरु भएको बताउनुभयो । जग्गा प्राप्ति, आइइई लगायतका प्रक्रियाले काम ढिलाइ भए पनि भवन निर्माणको काम निर्धारित समयमा सक्नेमा जोड दिनुपर्ने बताउनुभयो ।

शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले सरुवा रोग अस्पतालले नगरको गरिमा बढाउने बताउनुभयो । प्रदेश सरकारले डिपिआर गराई भवन निर्माणका लागि कपिलवस्तु निर्धारण भएको प्रदेश स्वास्थ्य सचिव डा. विनोद गिरीको भनाइ छ । डा. गिरीले अस्पताल भवन निर्माण निर्धारित समयमा सम्पन्न गरिने र प्रदेश सरकारबाट बजेटको सुनिश्चितता हुने बताउनुभयो । कोभिडको समयमा सङ्क्रमितले पाएको समस्याले गर्दा प्रदेश सरुवा रोग अस्पतालको अवधारणाको विकास भएको थियो ।
निर्माण हुने अस्पताल सुरुको चरणमा ५० शैय्याको हुने छ । भवन निर्माणको कुल लागत २० करोड ९६ लाख तीन हजार ३२६ रुपियाँ रहेको छ । २०८१ फागुनसम्म अस्पताल भवन निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ । अस्पताल निर्माणको ठेक्का स्काई सगुन जेभि बुटवलले पाएको छ ।

प्रकाशित : २९ चैत्र २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६