अर्थ-वाणिज्य

लुम्बिनी प्रदेशकै पहिलो पानी प्रयोगशालाको मुख्यमन्त्री गिरीद्धारा उद्घाटन



सरिता थारु
कपिलबस्तु ४ बैशाख। लुम्बिनी प्रदेशकै गौरवको आयोजनाको रुपमा रहेको पानी परिक्षण प्रयोगशाला भवनको आज एक कार्यक्रमका विच मुख्यमन्त्रि लिला गिरीले उद्घाटन गर्नुभएको छ । कपिलबस्तुको बाणगंगा नगरपालिका स्थित उप्टहामा सुविधा सम्पन्न पानी परिक्षण प्रयोगशाला भवनको उद्घाटन गर्नुभएको हो ।भवनको उद्घाटन गर्दै मुख्मन्त्री गिरीले प्रयोगशालाका लागि प्रदेशबाटै कर्मचारीको दरबन्दी आईसकेको बताउदै छिट्टै नै पानी परिक्षण कार्य सुरु हुने बताउनुभयो । विगतका दिनमा पानीबाट लाग्ने रोगबाट जनता ग्रसित रहेको बताउदै प्रयोगशाला संचालनमा आएपछि यस्ता समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।


प्रदेश सरकारको लगानीमा व्यवस्थीत रुपमा निमार्ण सम्पन्न भएको यो पहिलो प्रयोगशाला रहेको बताउदै उहाले प्रयोगशालाले दुषित पानीको प्रयोगबाट उत्पन्न हुने र लाग्ने रोगबाट बच्न साथै स्वस्थ जिवनयापनमा ठुलो मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल सरकारले तय गरेको मापदण्ड र ऐन बमोजिम खानेपानीलाई प्रमाणित गरेर मात्र खानेपानी उपलब्ध गराउन प्रदेश भरिकै खानेपानी आयोजनालाई सर्कुलर गर्ने बताउनुभयो । उहाले स्वास्थ खानेपानी सबैको पहुंचमा पुर्याउने गरि प्रदेश सरकार लागि परेको समेत उहाले बताउनुभयो । यस्तै कार्यक्रममा खानेपानी , ग्रामीण तथा शहरी विकास मन्त्रालयका सचिव जकि अहमद अन्सारीले १ करोड, ९४ लाख, ९३ हजार ५ सय ९० रुपैया लागतमा निर्माण सम्पन्न भएको जानकारी गराउनु भएको हो ।
कार्यक्रममा भुपुसैनिक खानेपानीका अध्यक्ष राजेन्द्र विक्रम शाहले प्रदेश स्तरका संरचना निमाण हुन कपिलबस्तुबासीहरुकै लागि गौरबको विषयभएको बताउनुभयो कार्यक्रममा लुम्बिनी प्रदेश खानेपानी, ग्रामीण तथा शहरी विकास, भौतिक पुर्वाधार विकास मन्त्री चेत नारायण आचार्य, प्रदेश स्वास्थ्य मन्त्री विष्णु पन्थि, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, कपिलबस्तु प्रहरी कार्यालयका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याल लगायतको उपस्थिती रहेको थियो । उपाध्यक्ष झलक बहादुर मल्लको स्वागत एवं सचिव कृष्ण बहादुर शाहीको संचालनमा समपन्न भएको हो ।

प्रकाशित : ४ बैशाख २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६