कपिलवस्तु ५ बैशाख । नेकपा एमाले निकटको विभिन्न पेशागत संगठनको छाता संस्था पेशागत महासघं कपिलबस्तु शाखाले नव वर्ष २०८०को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै नेकपा एमाले कपिलबस्तुका अध्यक्ष डम्मर शर्माले एमालेमा आस्था राने निजामति कर्मचारी एवंम शिक्षक, प्राध्यापक, वकिल, इन्जिनीयरहरु अरुभन्दा बढी अनुशासित र शुशासन युक्त हुनुपर्ने बताउनुभयो । यसैगरि नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय अध्यक्ष विष्णु भण्डारीले २२ वटा घटकको साझा मोर्चा पेशागत महासघं आफैमा महत्वपुर्ण मोर्चा बनेको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य धर्म भट्राई, जिल्ला समन्वय समिती कपिलबस्तुका प्रमुख बाबुराम आचार्य,,एमालेका युवा नेता एवं बुद्धिजिबी परिषदका इन्चार्ज भेषराज पाण्डे, पेशागत महासघं इन्र्चाज लोकनाथ ज्ञवाली, पुर्व उपसचिव बाबुराम भट्टराई लगाएतले नव वर्ष २०८०को शुभकामना व्यक्त गर्नु भएको थियो । महासघंका जिल्ला अध्यक्ष बाबुराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा निजामति सेवाका विभिन्न कर्मचारी सेवानिबृत्त कर्मचारीहरुले मन्तव्य राख्नुभएको थियो ।








प्रतिक्रिया