अर्थ-वाणिज्य

बिष्णु पौडेल र शंकर पोखरेल बीच कुनै मतभेद छैन,हुन पनि दिइदैन : महासचिव




रूपन्देही ८ बैशाख । नेकपा एमालेका महासचिव तथा लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल र आफ्नोबीचमा कुनै विवाद नरहेको बताएका छन् ।पार्टीको लुम्बिनी प्रदेश कमिटीले बुटवलमा आयोजना गरेको मिसन ग्रासरूट समीक्षामा नेताहरूले उठाएको विषयमा जवाफ दिँदै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।‘हामीबीच विवाद छ भनेर बाहिरका केही व्यक्तिले प्रचार गरेर रमाएका छन् तर पार्टीका पनि केही नेताहरू यही विषयमा अनावश्यक चर्चा गरेर समय खेर फालेको राम्रो होइन’, पोखरेलले भने, ‘हरेक कुरामा विष्णुप्रसाद पौडेल र मैले सल्लाह गरेर, निर्णय गर्नुअघि कैयौंपटक अनौपचारिकसमेत छलफल गरेर टुंगोमा पुग्ने गरेका छौं ।

आपसमा कुनै मतभेद छैन । तर, कतिपयले तानातान छ भनेर हल्ला गरिदिन्छन्, यसमा सबै सचेत हुन जरुरी छ ।’बुधबार र बीहिवार भएको समीक्षा बैठकमा प्रदेश नेतालाई स्पष्ट पार्दै पोखरेलले भनेका छन् । हाम्रा स्पष्ट जिम्मेवारी छन् । पदीय ूभमिका फरक छन् । हामी नजिकवाट सहकार्यमा छौं भ्रमका पछि तपाई नलाग्नोस ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६