अर्थ-वाणिज्य

एकैसाथ तीन पुल संचालनमा आएपछि स्थानीय खुशी




पाल्पा ८ वैशाख । जिल्लाका तीन स्थानमा पक्की पुल सञ्चालनमा आएको छ । तीनवटै पुल लुम्बिनी प्रदेश सरकारअन्तर्गत निर्माण भएका हुन । सवारी साधन सञ्चालन भएको केही महिनापछि तीन पुलको उद्घाटन गरिएको हो । निस्दी खोलाका दुई र तिनाउ खोलाको एक स्थानमा पक्की पुल निर्माण सम्पन्न भएका छन ।रामपुर–सहलकोट सडकअन्तर्गत रामपुर नगरपालिका–१ र ३ जोड्ने निस्दीखोला मसानेघाट पुलको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उद्घाटन गर्नु भएको हो । संघीयता आवश्यकता नभएको र बोझ भयो भन्नेहरूलाई राजनीतिक परिवर्तनपछि धेरै उपलब्धि प्राप्त भएको मुख्यमन्त्री गिरीले बताए ।

सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख अरुण गुप्ताले ७० दशमलव ९ मिटर लम्बाइ भएको दुई लेन र दुई स्पानको पक्की पुल निर्माण भएको बताए । भ्याटसहित ७ करोड ७३ लाख ६ हजार ७ सय ७१ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको हो । इलाइट कन्ट्रक्सन प्रालि काठमाडौंले २०७६ फागुन ११ मा ८ करोड १२ लाख २५ हजार ६ सय ४३ मा सम्झौता गरेर काम अघि बढाएको थियो । मसाने घाट पुल निर्माण गर्नका लागि जग्गा दिएका काशीनाथ खनाल र हेमबहादुर कार्कीलाई पनि पुल उद्घाटनका अवसरमा सम्मान गरियो । पक्की पुल अभावमा वर्षात्को समयमा सास्ती भोग्दै आएका रामपुर नगरपालिका–१, निस्दी गाउँपालिका–१, २ र ३ लाई पक्की पुलले सहजता भएको स्थानीयले बताए ।

प्रकाशित : ८ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६