खोज–अनुसन्धान

बसको ठक्करवाट स्कुटर चालकको ज्यान गयो




बुटवल ९ बैशाख । पाल्पादेखि बुटवलतर्फ आउँदै गरेको बसको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । दुर्घटनामा परी पाल्पाको बगनासकालि गाउँपालिका(४ का ४३ वर्षीय राजेन्द्र न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।शुक्रबार दिउँसो तिनाउ गाउँपालिका( ३ फुलगैरा स्थित सिद्धार्थ राजमार्गमा गुल्मीबाट बुटवल तर्फ आउँदै गरेको लु १ ख ४८४७ नम्बरको बसले सोही दिशामा गुडीरहेको लु ७७ प १९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो । बसको ठक्करबाट स्कुटर चालक न्यौपाने घाइते भएकोमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि ल्याइएको थियो ।बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना सम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ९ बैशाख २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६