कपिलवस्तु ९ बैशाख । मुस्लिम समुदायका कैदी बन्दस्हरुले शनिवार कपिलवस्तु कारागार भित्रै ईद उल फित्र ईद मनाएका छन् । १ सय ४० मुस्लिम कैदी बन्दीले कारगार भित्रै बिशेष नमाज पाठ गरी ईद मनाएका हुन । उनीहरु रमजान महिना भरी रोजा समेत बसेका थिए । नया लुगा लगाएर कारागार भित्रै उनीहरुले बिहान बिशेष नवाज पढेका थिए । ईदका अवसरमा उनीहरुले एक आपसमा शुभकामना आदानप्रदान समेत गरेका थिए ।उनीहरुले बिशेष परिकार सेवई बाडेका थिए । ज्यान मार्ने उद्योगको मुद्दामा ८ बर्षकोकैद सजाय भुक्तान गरीरहेको शहिद मुसलमानले कागागार भित्रै ईद मनाएको बताए ।
कारागारमा रहेका १ सय ४० जना मुस्लिम समुदायका कैदी बन्दीहरु मिलेर आफुहरुले सामुहिक नवाज पाठ गरेको उनले बताए ।कारागरका जेलर मनोज सैनीले एक महिने रमजान र ईदका अवसरमा मुस्लिम समुदायका कैदी बन्दीहरुलाई बिशेष ख्याल राखिएको बताए । उनीहरुसंगै एक आपसमा शुभकानमना समेट साटासाट गरिएको उनले बताए । कैदी बन्दीलाई उपहार सहीत आफन्तले भेटन समेत आएका थिए । कारागारमा १ सय ४० मुस्लिम कैदी बन्दी मध्ये ८० रोजा बसेका थिए । कारागारमा अहिले ४ सय ९४कैदी बन्दी रहेका छन् ।
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जको चुरे क्षेत्रस्थित बबई उपत्यका डढेलोको चपेटामा परेको छ । यस क्षेत्र भौगोलिक विकटताका कारण डढेलो नियन्त्रणमा आउन नसकेको निकुञ्जले जनाएको छ ।बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोककुमार भण्डारीले बर्सेनि डढेलो लाग्ने चुरे क्षेत्रमा नियन्त्रणको प्रयास भइरहेको बताए । यातायातको असुविधा, पहाडी भूभाग लगायतका क्षेत्रमा डढेलो नियन्त्रणका लागि दमकल लगायत सवारी साधन पुग्न नसक्ने भएकाले समस्या हुने गरेको उनले जनाए ।
प्रतिक्रिया