अर्थ-वाणिज्य

अब्यवस्थित संरचना प्रति तम्घासमा सून्य सहनशिलता अभियान :डोजर प्रयोग गरी हटाउन सुरु




गुल्मी १० बैशाख । गुल्मी जिल्लाको सदरमुकाम तम्घास बजारमा अव्यवस्थित रूपमा निर्माण संरचनाहरु हटाउन सुरु गरिएको छ । सडक पेटी मिचेर निर्माण गरिएका भौतिक संरचनाहरु डोजरले हटाउन थालिएको हो ।गुल्मीको रेसुंगा नगरपालिकाले यहाँको बजार क्षेत्रमा कालोपत्रे गर्नका लागि बिहीबारदेखि डोजर प्रयोग गरी सडक मिचेर बनाइएका अव्यवस्थित पेटी लगायतका संरचनाहरु हटाउन सुरु गरेको हो ।
यसअघि नगरपालिकाले सडक छेउँछाउँका अव्यवस्थित रूपमा निर्माण गरिएका सडकपेटीहरु हटाउन निर्देशन दिएको थियो । तोकेको समयमा घरधनीहरुले नहटाएपछि नगरपालिकाले डोजर चलाउनु परेको नगर प्रमुख खिलध्वज पन्थीले बताए । नगरपालिकाले हटाउन थालेपछि घरधनीहरुले पनि संरचनाहरु भत्काउन सुरु गरेका छन् । नगरपालिकाले ३० फिटको सडक मापदण्ड कायम गरेको नगरप्रमुख पन्थीले जानकारी दिए । यस्तै नगरपालिकाले तम्घास बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेका विद्युत्, केबुल तथा इन्टरनेटका पोल तथा तारहरु समेत हटाई व्यवस्थित गर्न सुरु गरेको स्थानीय साजन बस्नेतले जानकारी दिए ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६