अर्थ-वाणिज्य

सिद्धार्थनगरमा कृषक कार्ड वितरण : के पाउछन् सुविधा ?




भैरहवा १० वैशाख ।रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का किसानलाई कार्ड वितरण गरिएको छ । एक कार्यक्रमकाबीच वडाभिक्रका ७४ जना कृषकलाई कार्ड वितरण गरिएको वडाअध्यक्ष मुत्तिनाथ यादव (भोला) ले बताए । उनले किसानलाई आवश्यकता अनुसार मलखाद, बिउ पाउनका लागि सहज होस् भन्ने उद्देश्यले कृषक कार्ड वितरण सुरु गरिएको बताए । वडाअध्यक्ष यादवले जसको जति क्षेत्रफलमा खेती छ त्यहीअनुसार मल वितरण गर्नका लागि तथ्यांक संकलन गरिने जानकारी दिए । कृषक कार्ड बिना मलखाद उपलब्ध गराउन समस्या पर्ने उनको भनाइ छ ।

कसैले आवश्यकता भन्दा बढी पाउने र कसैले मल नपाउने अवस्थाको अन्त्य गरी आवश्यकता बमोजिम मल वितरणका लागि कृषक कार्डको व्यवस्था गरिएको यादवले बताए । वितरण गर्न बााकी रहेका किसानलाई कृषक कार्ड वितरण गर्दै जाने उनले बताए । कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले कृषक कार्ड महत्त्वपूर्ण रहेको बताए । उनले किसानलाई आवश्यक मल, बिउ, सिाचाइको व्यवस्था गर्न सकेमा ठूलो उपलब्धि मान्नुपर्ने बताए ।

प्रकाशित : १० बैशाख २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६