अर्थ-वाणिज्य

राजधानी निर्माणमा जनतालाई मुद्धा नहाल भन्दा म माथि बनमुद्धा लाग्यो : अध्यक्ष बिष्ट




दाङ १२ वैशाख । प्रदेश राजधानी निर्माण गर्दा पालिकाका पदाधिकारीलाई बनमुद्धा लागेको भन्दै जनतालाई मुद्धा नहाल्न बरु आफूलाई हाल्न भनेको राप्ती गाउपालिकाका अध्यक्ष प्रकाश विष्टले स्वीकार्नु भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले पूर्वपश्चिम राजमार्ग अन्तर्गत सडक किनारामा रहेका रुखहरु काटेको भन्दै जनतालाई मुद्दा हाल्न लागेको थाहा पाएपछि आफूले त्यसको प्रतिकार गरेको बताएका छन् । गाउँपालिकाको आयोजना तथा अग्रिम साप्ताहिकको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उनले यस्तो बताए ।
‘सडक डिभिजनले निकालेको सूचनाका आधारमा जनताले रुख काट्नु भयो’,उनले भने‘त्यसले पछि यहाँका जनतालाई मुद्दा हाल्ने तयारी भएपछि, मैले मेरो पालिकाका जनतालाई मुद्दा हाल्नु भन्दा मलाई हाल भनेँ, अहिले मैले मुद्दा खेपिरहेको छु ।’ साथै उनले पालिका भित्र फोहोर ब्यबस्थापनमा पनि चौतर्फी असहयोग हुने गरेको बताएका छन् ।कार्यक्रममा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, शिक्षा शाखा प्रमुख विश्वास विक लगायतले जवाफ दिएका थिए, भने सहभागीहरुले आफ्ना जिज्ञासा तथा सुझाब राखेका थिए । कार्यक्रमको सहजीकरण अग्रिम साप्ताहिकका प्रकाशक दीपक बोहराले गरेका थिए।

प्रकाशित : १२ बैशाख २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६