अन्तर्राष्ट्रिय

न्यूजिलैण्डकी पूर्वप्रधानमन्त्रीले छात्रवृत्ति कोटावाट अध्ययन गर्ने




एजेन्सी १५ बैशाख । न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री जेसिन्डा आर्डर्नले छात्रवृत्तिमा अमेरिकाको हार्वड विश्वविद्यालयमा अध्ययन गर्नुहुनेभएको छ। आर्डर्नले हार्वड अन्तर्गतको केनेडी स्कुलमा छात्रवृत्ति कार्यक्रममार्फत् अध्ययन गर्ने विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ।विश्वविद्यालयमा अध्ययन गर्न पाउँदा आफू निकै उत्साहित रहेको उहाँले उल्लेख गर्नुभएको छ ।
अब उहाँले अर्को चुनावमा उम्मेदवारी नदिने र बाँकी जीवन अध्ययन तथा समाजसेवामा बिताउने घोषणा गर्नुभएको छ। उहाँ ३७ वर्षको उमेरमा सन् २०१८ देखि गएको जनवरीसम्म न्युजिल्याण्डको प्रधानमन्त्री बन्नुभएको हो।उहाँ विश्वकै कान्छी महिला राष्ट्रप्रमुख बन्नुभएको हो । गएको जनवरीमा जेसिन्डा आर्डर्नले अब आफूले पदमा रहेर देशको लागि योगदान गर्न कुनै कुरा बाँकी नरहेको भन्दै पदबाट राजीनामा दिनुभएको थियो।

प्रकाशित : १५ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६