अर्थ-वाणिज्य

मृतकका परिवारलाई जनही ५० हजार उपलब्ध



पशुपति गिरी
बैशाख २९ अर्घाखाँची । अर्घाखाँचीमा आगोलागीमा परि मृत्यु हुने ४ जनाको एकै घाटमा सामुहिक अन्त्यष्टि गरिएको छ। भुमिकास्थान नगरपालिका वडा नम्बर २ निवासी मृतक ३५ बर्षिय पदम बेल्बासे ,७२ बर्षिय पिताम्बर बेल्बासे,५२ बर्षिय घनश्याम बेल्बासे,३६ बर्षिय माधब बेल्बासेको बिहिबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा सामुहिक रुपमा अन्तिम दांहसंस्कार गरिएको हो।पदम बेल्बासे ,पिताम्बर बेल्बासेको पाल्पाबाट रिफर गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो भने घनश्याम बेल्बासे र माधब बेल्बासेको कृर्तिपुर अस्पताल काठमाडौमा उपचारको क्रममा मृत्यु भएको थियो।घाईते २५ बर्षिय संगिता बेल्बासेको पाल्पा मिशन अस्पतालमा उपचार भैरहेको छ ।

उपचार गर्न काठमाडौं लैजाने क्रममा बाटोमा मृत्यु भएका २ जना र काठमाडौंको कृर्तिपुर अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएका २ जना गरि ४ जना मृतकलाई बिहिवार बिहान आफ्नो घरमा ल्याईपुराएपछि उनिहरूको सामुहिक अन्त्यिष्ट गरिएको हो । मृतकका घरपरिवारलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनही ५० हजारका दरले राहत उपलब्ध गराएको छ । यस्तै भुमिकास्थान नगरपालिकाले पनि मृतकका घरपरिवारलाई जनही ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ । आगोलागीमा परि मृत्यु भएका ४ जनाको अन्तिम सामुहिक दांहसंस्कारका लागि बिहिबार दिउँसो खाकावेसी खोलाको बागमारे घाटमा १ हजार भन्दा बढि नागरिकको सहभागीता रहेको थियो । यति बेला भुमिकास्थान २ ढाकावाङ गाउँ मात्र होईन यस प्रकारको अपत्यारिलो घटना जिल्लाको पहिलो घटना भएकाले सिङ्गो जिल्लानै शोकाकुल भएको छ ।

प्रकाशित : २९ बैशाख २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६