देश

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटीका



म्याग्दी, २५ कात्तिक

यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटीका लगाएर तिहार मनाएका छन् । नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एकअर्कालाई टीका र माला लगाइदिएर भाइटीका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको नेपाल बाल सङ्गठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिनुभयो । बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन् । अभिभावकविहीन बालबालिकालाई आश्रय दिनुका साथै माध्यमिक तहसम्मको शिक्षाको व्यवस्था गरिएको उहाँले बताउनुभयो । सभापति शाक्यले व्यक्तिगत रूपमा पूजासामग्री, मिठाई तथा अन्य परिकारको व्यवस्था गरी बालगृहमा भाइटीका कार्यक्रम आयोजना गर्नुभएको हो । विगत चार वर्षदेखि हरेक तिहारमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना हुँदै आएको छ । —

प्रकाशित : २६ कार्तिक २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६