मधेश

मधेस प्रदेशमा कांग्रेस र एकीकृत समाजवादी पनि सरकारमा

प्रदेश सभा सदस्यका अनुसार शपथ ग्रहणको कार्यक्रम दिउँसो १ बजेलाई तय भएको छ



जनकपुरधाम, जेठ ९ – मधेस प्रदेशमा आज नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुँदैछन्।दुई मन्त्रालयसहित संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकारमा सामेल हुन लागेको कांग्रेसका प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहले बताउनुभएको छ ।

यादव भौतिक पूर्वाधार विकास मन्त्री बन्दै हुनुहुन्छ भने सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने हुनुभएको छ ।प्रदेश सभा सदस्य सिंहका अनुसार शपथ ग्रहणको कार्यक्रम दिउँसो १ बजेलाई तय भएको छ।‘दुई दिनपछि अर्को चरणमा हाम्रो पार्टीको तर्फबाट थप मन्त्रीहरूले शपथ लिने छन्,’ प्रदेश सभा सदस्य सिंहले भने, ‘सभामुखलाई अविश्वासको प्रस्ताव ल्याएर हटाउने प्रक्रियामा गयौं भने, सभामुखसहित ३ मन्त्रालय हामी लिन्छौं। सभामुख हटेनन् भने चार मन्त्रालय र एक राज्यमन्त्री हामीलाई दिने निर्णय भएको छ।’

अहिले सभामुख नेकपा एमालेबाट छन्।त्यसैगरी जनमत पार्टीको मन्त्रालय समेत हेरफेर गरिँदैछ। अहिले भूमि व्यवस्था कृषि तथा सहकारी र शिक्षा, विज्ञान, प्रविधि मन्त्रालय जनमत पार्टीलाई दिइएको छ ।कृषि मन्त्रालय एकीकृत समाजवादीलाई दिने निर्णय भएको त्यो पार्टीकी प्रदेश सभा सदस्य बेची लुंगेलीले बताउनुभयो । उहाका अनुसार पार्टीका तर्फबाट संसदीय दलका नेता गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको रूपमा आज शपथ लिँदैहुनुहुन्छ ।

यता मन्त्रालय हेरफेर गरिएकोबारे आफूहरूलाई कुनै जानकारी नआएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताउनुभयो। यी दुई दललाई सरकारमा सहभागी गराएलगत्तै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० लाई समेत सरकारमा एउटा मन्त्रालय दिएर ल्याउने मुख्यमन्त्री सरोजकुमार यादवको तयारी छ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६